back

बजेट व्यवस्थापन सँगै थारूहट रङ्गशालाको भौतिक सुधार गरिदै

वि.सं.२०७३ माघ ३ सोमवार

807 

shares

३ माघ,गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको गाईघाटस्थित पुरानो हवाई मैदानमा निर्माण गरिएको पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशालाको खेल मैदानलाई त्रियुगा नगरपालिका गाईघाटले पुनः रङ्गशाला व्यवस्थापनका लागि रु ५० लाखको बजेट विनियोजन गरेपछि अब थारूहट रङ्गशाला अझै व्यवस्थित बन्ने भएको छ ।

यसअघि नै राष्ट्रिय खेलकुद परिषद्सहित त्रियुगा नगरपालिका र जिविससहितले झन्डै रु ७० लाखभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशालालाई अझ व्यवस्थित गर्न यस पटकको बजेटमा त्रियुगा नगरपालिकाले रु ५० लाख विनियोजन गरेपछि रङ्गशाला अझ व्यवस्थित गरिन लागेको रङ्गशाला निर्माण समितिका संयोजक किरण राईले बताउनुभयो ।

तीन बिगाहा १५ कट्ठा जग्गाको क्षेत्रफलमा रहेको उदयपुर गाईघाटको थारूहट रङ्गशालामा अहिले रङ्गशालाको घेराबेरा तथा तारजाली लगाउने कार्य सम्पन्न भइसकेको छ ।

यस्तै रङ्गशालाको पूर्व र पश्चिमपट्टि दुई–दुई प्याराफिटको समेत निर्माण भइसकेको छ । यसअघि नै रङ्गशालाको ग्राउन्डमा माटो फिलिङ गर्ने कार्यसमेत सम्पन्न गरेर रङ्गशाला अहिले प्रयोगमा आइसकेको अवस्था रहेको छ ।
नगरपालिकाको बजेट र अन्य जिविस लगायतका निकायबाट समेत बजेटको व्यवस्थापन गरेर झन्डै करोडौँको बजेटमा रङ्गशालालाई अझ व्यवस्थित गर्ने लक्ष्यका साथ काम भइरहेको रङ्गशाला निर्माण समितिका पदाधिकारी तथा जिल्ला खेलकुद विकास समितिका उदयपुरका अध्यक्ष पुष्प विकले बताउनुभयो । अबको बजेटले रङ्गशालामा दुबो रोप्ने र रङ्गशालाबाहिर सवारी पार्किङस्थल र केही प्याराफिटसमेत निर्माण गरिने यसका पदाधिकारीले बताएका छन् ।

थारूहट रङ्गशाला निर्माणसँगै अब उदयपुरमा जुनसुकै राष्ट्रियस्तरका खेलको आयोजना गरिन सकिने भएको कुरा रङ्गशाला निर्माण समितिका संयोजक राईले बताउनुभयो । रङ्गवशाला निर्माण भएपछि पहिलोपटक यसपटक उदयपुरमा राष्ट्रिय आर्चरी खेल सम्पन्न भएको थियो भने उक्त रङ्गशालामा आगामी माघ २७ गतेदेखि चौथो उदयपुर गोल्डकपसमेत आयोजना हुन गइरहेको छ । रङ्गशाला निर्माण भएपछि यो रङ्गशालामा एकैपटक ५० हजारसम्म दर्शक बसेर खेलकुद हेर्न सकिने क्षमता रहेको रङ्गशाला निर्माणका पदाधिकारी बताउँछन् । रासस

वि.सं.२०७३ माघ ३ सोमवार ०४:३४ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा...

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

चितवन । जिल्लाका मतदानस्थललाई निर्वाचनका दृष्टिकोणले तीन भागमा विभाजन गरिएको...

प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन...

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...