back

पाँचथर पावर कम्पनी र स्थानीयवासीबीच सातबुँदे सहमति

वि.सं.२०७३ माघ ३ सोमवार

699 

shares
GLOBAL IME AD
NTC AD

 ३ माघ,पाँचथर । पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ ।

पाँचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले उक्त सहमति गरेको हो । छलफलबाट कम्पनीले उत्पादन गर्ने विद्युत् प्रसारण–वितरण लगायतका कार्यमा स्थानीयवासीले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने सहमति भएको छ ।

त्यस्तै कम्पनीले मानेटारदेखि खुङ्खोला सम्मका लागि ६ वटा ११ मिटरका पोलसहित नगद रु २० हजार उपलब्ध गराउने, पच्चिसे खानेपानीलाई आठ सय मिटर पोलेथिनपाइप, चिलिङ्देन खानेपानीलाई एक हजार पाँच सय मिटर प्लास्टिक पाइप उपलब्ध गराउने सहमति भएको छ ।

यसैगरी कम्पनीले सो क्षेत्रका विभिन्न विकासका कार्यमा समेत आर्थिक तथा भौतिक सहयोग गर्ने सहमति भएको जनाइएको छ । छलफलमा कम्पनी र असन्तुष्ट पक्षका प्रतिनिधिसँगै जिल्लास्थित राजनीतिक दल र सरोकारवालाको समेत सहभागिता रहेको पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मित्र प्रसाद काफ्लेले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ माघ ३ सोमवार ०४:३६ मा प्रकाशित

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...