Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

विद्यालयबाट आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त



३ पौष । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताएका छन् । यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ ।

अपहरण मुक्त भएका प्रायःविद्यार्र्थिहरु केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताए । हाल ती विद्यार्थिहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए।

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए । स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थिहरुलाई छिमेकी पर्ने राज्यको एक विशाल जंगलमा लगिएको थियो ।

बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए । बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको थियो ।

सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताएका थिए । बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरुसँग रहेको बताएका थिए ।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको थिए । नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र