Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

कांग्रेस संसदीय दलको बैठक : अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तत्काल बोलाउन माग



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तत्काल बोलाउन माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक रुपमा यस्तो माग गरेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने प्रतिबद्धता जनाएका थिए । बैठकमा देउवाले भने,‘अध्यादेश फिर्ता नलिएसम्म म संवैधानिक परिषदको बैठकमा जान्नँ ।”

बैठकले अध्यादेश फिर्तासँगै संसदको विशेष अधिवेशन तत्काल बोलाउनुपर्ने माग अघि सारेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् । उनका अनुसार बैठकले सरकार चौतर्फी रुपमा असफल भएको निष्कर्ष पनि निकालेको छ । भ्रष्टाचार, बेथिति र अराजकता बढेको निष्कर्ष बैठकको भएको उनले जनाइन् ।

त्यस्तै बैठकले उखु किसानको भुक्तानी तुरुन्त गर्नुपर्ने, किसानले मल नपाएकोले तुरन्तै मलको व्यवस्था गर्नुपर्ने, विप्लव समूहद्धारा शिक्षकको हत्याको निन्दा गर्दै दोषीलाई कारबाही गर्नुपर्ने माग पनि अघि सारेको छ ।

गत असारमा अन्त्य गरिएको संसद अधिवेशन पुस १८ भित्र बोलाइसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, यसबीच प्रधानमन्त्री केपी शर्मा ओली अधिवेशन बोलाउने भन्दै अध्यादेश ल्याउने ध्याउन्नमा छन् । जसको चौतर्फी विरोध भईरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार