back
CTIZAN AD

ग्लोबल आइएमई बैंकलाई आस्वा प्रणालीको स्वीकृती

वि.सं.२०७३ माघ ३ सोमवार

795 

shares

global ime bank

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई बैंकलाई अनुमति दिएको हो ।

उक्त अनुमति पश्चात नेपाल धितोपत्र बोर्डले लागू गरेको आस्वा प्रणाली मार्फत सेयर लगानीकर्ताले माग गरेको सेयर बापत हुन आउने रकम लगानीकर्ताको बैंक खातामा रोक्का हुनेछ । यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकम मात्र खातामा रोक्का भई सेयर बाँडफाँडमा परेको रकम कटौती गरि बाँकी रकम खातामा नै सुरक्षित रहिरहने सुविधा लगानीकर्ताले पाउनेछन् ।
छिटोछरितो र झन्झटमुक्त सेवामा विश्वास गर्दै आएको ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आस्वा प्रणालीमा आवद्ध भएको हो ।

वि.सं.२०७३ माघ ३ सोमवार ०६:०५ मा प्रकाशित

Himalayan Life AD
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

काठमाडौं। सामसुङ नेपालले नयाँ एआई–ड्रिभन (AI-Driven) स्मार्टफोन अनुभव ल्याउने संकेत...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक...

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

Kathmandu. In a landmark move to modernize public infrastructure, the World...