back

नागरिक समाजको उदाहरणीय कामः भारतीले पाए नयाँ जीवन

वि.सं.२०७३ माघ ३ सोमवार

489 

shares
GLOBAL IME AD
NTC AD

३ माघ,दुनै । सदरमुकाम दुनैस्थित भेरी नदीपारि रहेको हरियाली सामुदायिक बनमा लगाइएका बोटबिरुवामा पानी लगाउने काममा एक युवा तल्लीन देखिन्छन् । बिहानै, निस्कन्छन् दिनभर बिरुवामा पानी लगाउँछन्, साँझपख सडकपेटीमा फर्कनछन् । यसरी नै उनको दिनचर्या बितिरहेको छ ।

खासमा ती युवा कोही नभएर सदरमुकाम दुनैका विमल भारती हुन् । उनलाई पाँच वर्षसम्म स्मरणशक्ति गुमाउनुपरेको थियो । तर, नागरिक समाजको अगुवाइमा उपचार गराइएपछि उनलाई निको भएको छ ।

छ महिना अघिसम्म बेवारिसे रुपमा सदरमुकामको गल्लीगल्ली चाहार्दै हिँड्ने भारती पुनः सामान्य अवस्थामा फर्किएपछि उनलाई चिन्नेजान्ने सबै दङ्ग परेका छन् ।

बाटोघाटोमा मान्छेलाई धम्काउँदै, सफा फोहोर केही नजान्ने यतिसम्मकी अन्तिम अवस्थामा दिसापिसाब समेत खाएको पत्तो नपाउने भारतीले ६ महिना अघिसम्म नारकीय जीवन व्यतित गरिरहेका थिए, अहिले उनको जीवनमा एकाएक परिवर्तन आएको छ । उनले नयाँ जीवन पाएका छन् ।

उनन्तीस वर्षीय भारती जुम्ला जिल्ला चन्दनाथ गाविस–६ स्थायी घर भई ३० वर्षदेखि बुबाआमा र भाइसँग दुनै–१ मा बस्दै आएका थिए ।

भारती परिवारको पहिलो सन्तानको रुपमा रहेका उनले पाँच वर्षदेखि मानसिक सन्तुलन गुमाएका थिए । उनको जुम्ला सदरमुकाम खलङ्गामा स्थानीय केटासँग झगडा प¥यो । भाइको नागरिकता बनाउन गएको बेला स्थानीय युवासँग भएको झडपमा उनको मानसिक सन्तुलन गुम्न पुग्यो ।

आर्थिक अभावका कारण पाँच वर्षसम्म उपचार नपाएर भौँतारिनु प¥यो भारतीलाई । उनको यो अवस्था देखेर अन्ततः उपचारको लागि नागरिक समाजले कदम चाल्यो ।

नागरिक समाजको पहलमा उनलाई २०७३ जेठ २६ मा काठमाडाँैस्थित रिजमिन्ड फेलोसिप नेपाल संस्थाद्वारा सञ्चालित पुनस्थापना केन्द्रमा उपचारको लागि लगियोे ।

झन्डै सात महिनाको उपचारपछि उनलाई पुनः डोल्पा फर्काइएको छ । स्वास्थ्यमा सुधार आएपछि उनलाई फर्काइएको नागरिक समाज डोल्पाले जनाएको छ । “अहिले सबैसँग बोल्न हाँस्ने गर्छु, अरुलाई चिन्न सक्छु, स्मरण शक्ति पुनः फर्किएको छ । पहिलेकै अवस्थामा फर्किएको अनुभूति भएको छ भारतीले भने । “नागरिक समाजको प्रयासले मैले नयाँ जीवन पाए, अब जीवन गुजारा गर्न काम गर्न सक्छु कि भन्ने आसा जागेको छ, अहिले बिरुमा पानी हाल्ने काममा पाएको छु”उनले थपे ।

“हाम्रो सुन्दर परिवारमा एकाएक बाढी आयो, मेरो यस्तो अवस्था भएपछि मेरो परिवार भताभुङ्ग भयो, सदरमुकाम दुनैमा रहेको सरकारी कार्यालयको नाममा रहेको एक कोठे घर भत्किएको छ, बुबाको पनि मृत्यु भइसकेछ, आमाले मन्दिरको सहयोगीको रुपमा र कान्छो भाइले होटेलमा काम गरेर जेनतेन गुजारा गर्दै आएका रहेछन्” भन्दै भक्कानिए ।

“अहिले गाँसबासकै व्यवस्था छ, नत आफन्तनै यस पाँच वर्षको अवधिमा घर, बुबा मेरो सपना सबै थोक गुमाएको छु”उनले थपे ।

आमा कृष्णादेवी भारतीले भन्नुभयो “छोराप्रतिको आशा छँदै थियो, उसको पशुजस्तै व्यवहारले सबैले गाली बेइज्जती गर्न थाले सबैको छिःछिः र दुरदुर सहनुप¥यो हाम्रो परिवारले” उहाँले भन्नुभयो ।

“ढिलै भए पनि उपचार भयो, उसले नयाँ जीवन पाएको छ । अब भाँडा माझेर भए पनि जिन्दगी गुजारा गरौँला नागरिक समाजलाई धेरैधेरै धन्यवाद छ” उहाँले खुसी हँुदै भन्नुभयो ।

तीन जनाको परिबार एकै ठाउँमा बसेर जिन्दगी काट्ने आशा त थियो, तर बस्नका लागि घर, अन्नबाली लगाउन जग्गा जमिन केही पनि छैन् । कसैले छोरालाई जागिर लगाइदिए हुन्थ्यो उहाँले भन्नुभयो । सदरमुकामको ठाउँ महङ्गीले सामान छोइ नसक्नु छ, बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्छ, ।

भारतीको उपचारका लागि जिल्लाका उद्योगी, व्यापारी, समाजसेवी सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीबाट चन्दा सङ्कलन गरिएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिनुभयो ।

बुढाका अनुसार अहिलेसम्म उपचारका लागि रु एक लाख ५५ हजार खर्च लागिसकेको र अझै ६ महिनासम्म नियमित औषधि खानुपर्ने भएकाले थप खर्च लाग्ने बताइएको छ ।

सम्पतिको नाममा परिवार बस्दै आएको एककोठे घर जिल्ला विकास समितिको नाममा थियो । अहिले भत्केर भग्नावशेषमा परिणत भएको छ ।

अदालतको निर्णयअनुसार कार्यालयले उनका बुबाको मृत्यु हुनुभन्दा अगाडि रु १४ हजार रकममा जग्गाधनी पूर्जा लिन भने तापनि उनका बाबुले सो रकम तिर्न भनेतापनि नसकेर आफ्नो नाममा गर्न सकेका थिएनन् । अहिले सो घर भारतीलाई दिन नसकिने स्थानीय विकास अधिकारी सागर मिश्रले बताउनुभयो ।

अहिले उनलाई न त गाँसको व्यवस्था छ नत बासकै भारतीले सदरमुकाममा घुमुवा जीवन बिताइरहेका छन् । पाएको दिन खाने नपाएको दिन भोकै बस्ने ।

केही हदसम्म भए पनि मानवीय धर्म पूरा गरेका छौँ जस्तो लाग्छ डोल्पो ह्युमनिटेरेन सोसाइटीका अध्यक्ष तथा निर्माण व्यवसायी ओम रोकामगरले बताउनुभयो । घरायसी कमजोर आर्थिक अवस्थाका कारण दुईछाकका लागि उनका आमा र भाइले होटेलमा भाँडा माझ्ने काम गर्न विवश छन् ।

अहिले भारतीको दिनचर्या नजिकै रहेको सामुदायिक वनमा रहेका बोटबिरुवामा पानी हाल्ने र सुरक्षा दिने काममा बित्न थालेको रोकामगरले बताउनुभयो । आफ्नो जीवनमा एकाएक परिवर्तन आएपछि भारतीमा नयाँ जोस पलाएको छ, भने भविष्यमा समाजका लागि केही गरेर उदाहरणीय व्यक्ति बनेर देखाउने उनको अठोट छ ।

नागरिक समाज डोल्पाले गरेको उदाहारणीय कामप्रति सबै डोल्पालीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । डोल्पामा पूर्णरुपमा समाज सेवामा समर्पित नागरिक समाजले योभन्दा अगाडि दुईजना पीडित बालकको आफ्नो पहलमा उपचार गराउनुको साथै काठमाण्डौंमै  अध्ययनको व्यवस्था समेत मिलाएको थियो ।

वि.सं.२०७३ माघ ३ सोमवार ०८:०१ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...