लेनोभो के५ नोट
एन्ड्रोईडमा आधारित ५.५ ईन्चको को फूल एच.डि. स्क्रिन सहित ४*१.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर, ३ जिबि र्याम, इन्टरनल स्टोरेज ३२ जिबि, अतिरिक्त सन्चय क्षमता बिस्तार गर्नु परेमा २५६ जिबिसम्मको माईक्रो एसडि कार्डको प्रगोग गर्न सकिने । फिङ्गर प्रिन्ट सेन्सर भएको तथा भि आर मोडमा गएर मुभि हेर्दा थ्रि डी थिएटर म्यक्सको अनुभुति सकिन्छ । सेल्फी प्रेमिहरुका लागि डुयल लेड फ्ल्यास सहित ८ मेगापिक्सेलको सेल्फि क्यामरा र १३ मेगापिक्सेलको रेयर क्यमरा जडित रहेको स्मार्ट फोनमा एन्ड्रोइडमा आधारीत भि ५.१ ललिपपको प्रयोग गरीएको छ । यस मोबाईलमा ३५०० एमएएचको ननरिमुभएबल लिपोलिमर ब्याट्रिको प्रयोग गरिएको छ । यो स्मार्ट फोनमा २ वटा नानो सिम कार्डको प्रयोग गर्न सकिन्छ भने यो स्मार्टफोनले ३ जी र ४ जी नेटवर्क सपोर्ट गर्दछ । यो स्मार्टफोन नेपाली बजारमा २७०००मा अपलब्ध छ ।
लेनोभो भाईब के५
५ ईन्च फुल डिस्प्ले सहित ४*१.५ गिगाहर्जको अक्टाकोर क्वालकोम स्न्याप ड्रागन ४१५ प्रोसेसर, २ जिबि र्याम र १६ जिबि रुम रहेको यो स्मार्ट फोनमा १२८ जिबि सम्मको माईक्रो एसडी कार्डको प्रयोग गरेर अतिरिक्त संचय क्षमता बढाउन सकिन्छ । ५ मेगापिक्सेलको फ्रन्ट क्यमरा र १३ मेगा पिक्सेलको रेयर क्यमरा जडित यो स्मार्ट फोनमा २७५० एमएएचको लिपो ब्याट्रीको प्रयोग गरिएको यो स्मार्टफोनले तिब्र गतिको ४ जी नेटवर्क सपोर्ट गर्दछ । यो मोबाईलको मूल्य नेपाली बजारमा रु १७००० कायम गरीएको छ ।
आयतकर्ता कम्पनि लाईफकमका प्रमोटर कौसल डियोका अनुससार पछिल्लो युबापुस्तालाई केन्द्रित गरेर बजारमा ल्याइएका यी स्मार्टफोन नेपाली बजारमा सहजै पाउन सकिन्छ ।
वि.सं.२०७३ माघ ३ सोमवार ०९:५९ मा प्रकाशित