back

विद्यालयका कारण २२ विद्यार्थी परिक्षा दिनबाट वञ्चित

वि.सं.२०७३ माघ ३ सोमवार

366 

shares
NTC AD

३ माघ, काठमाडौँ  । विद्यालयको लापरबाहीका कारण २२ जना विद्यार्थीहरु एसएलसीे ग्रेडिङ परीक्षा दिनबाट बञ्चित भएको घटनाबारे शिक्षा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले चिन्ता प्रकट गरेको छ ।

निर्धारित समयमा विद्यालयले राजस्वको रकम बैंक खातामा जम्मा नगरेकाले बागलुङ जिल्लाको ज्ञानेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन नसक्ने अवस्था सिर्जना भएकोमा यस्ता किसिमका विद्यालय वा शिक्षकको लापरबाहीले अबोध बालबालिका शिक्षाको अधिकारबाट वञ्चित भएको सो सञ्जालले जनाएको छ ।

विद्यार्थीको सुनौलो भविष्यमाथि नै खेलवाड भएको र विद्यालय शान्ति क्षेत्रको मर्म र भावनामा आघात परेको भन्दै एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले आज जारी गरेको विज्ञप्तिमा सोको भागिदार विद्यार्थीलाई बनाउँदा राज्यले उनीहरुमाथि अन्याय गरेको ठहरिने भएकाले समयमै सरकारद्वारा ठोस कदम चाली आगामी दिनमा यस्ता किसिमका गतिविधि दोहोरिन नदिन र दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

वि.सं.२०७३ माघ ३ सोमवार १४:३४ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्टलाई जरिवाना

एक बोतल पानी सय रुपैयाँमा बेच्ने रेष्टुरेन्टलाई जरिवाना

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको...