back

न्यादी जलविद्युत् आयोजनाको ठेक्का सम्झौता

वि.सं.२०७३ माघ ३ सोमवार

660 

shares

३ माघ,काठमाडौँ  । न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक न्यादी हाइड्रोपावर लि र चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिबीच आज ठेक्का सम्झौता भएको छ ।

लमजुङको बाहुनडाँडास्थित न्यादी खोलामा निर्माण गर्न लागिएको ३० मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माण, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि सम्झौता भएको हो ।

सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष राजीव राजभण्डारी तथा ठेकेदारका तर्फबाट अध्यक्ष लिऊ कोेछिङले हस्ताक्षर गर्नु भएको आयोजनाका सञ्चार विज्ञ एवम् प्रबन्धक विष्णु श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

आयोजनाको निर्माण यही माघको अन्तिम सातादेखि सुरु हुनेछ र निर्माण अवधि तीन वर्षको हुनेछ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमइ बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ ।

यस आयोजनाका लागि जग्गा खरिदको कार्य, पहुँचमार्गको निर्माण, विद्युत्खरिद बिक्री सम्झौता, सुपरीवेक्षण परामर्शदाताको नियुक्ति र वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ । यो नदीको वहावमा आधारित आयोजना हो । आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

वि.सं.२०७३ माघ ३ सोमवार १४:३६ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...