Logo
९ कार्तिक २०७८, मंगलवार
     Tue Oct 26 2021
E-paper
  English Edition
   Unicode
Logo

हिल्सा सडकखण्ड बनाउन सकेमा व्यापारले गति लिने



३ माघ, मुगु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नाक्चेलाग्ना र हिल्सा सडकखण्ड बनाउन सकेमा भारत र चीनसँगको व्यापारले गति लिने बताउनुभएको छ ।

मुगुको उत्तरी नाका जोड्ने निमार्णाधीन नाक्चेलाग्ना सडकको आज हवाइ निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री लेखकले ८६ किमी दूरी भएको सडक निर्माणसुरु गरिएको सात वर्षमा १५ किमि मात्र अस्थायी बाटो खुल्नु दुःखद् भएको बताउनुभयो । मन्त्री लेखकले सडक निमार्णका क्रममा रकम अभाव हुन नदिनेसमेत प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँणले उत्तरी नाका जोड्ने सबैभन्दा नजिक र सजिलो बाटो हुने भएकाले निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनुभयो । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयरामथानीले ६ नं प्रदेश दक्षिणसँग नजोडिएको र उत्तरी नाकासम्म सडक सञ्जालबाट नजोडिएकाले सो सडक निर्माणमा तीव्रता दिनुपर्ने बताउनुभयो ।

सडक विभागका निर्देशक देवेन्द्र कार्कीले सडकको कुल ८६ किमी दूरीमध्ये ३४ किमी मात्रको विस्तृत प्रतिवेदन तयार भएको र बाँकी ५२ किमीको तयार गरेर यसै वर्षभित्र ठेक्का खोल्ने योजना रहेको जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य

काठमाडौं । नेपाली बजारमा केही दिनयता सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । नेपाल

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी