back

प्रेस चौतारीले सातै प्रदेशमा भेला गर्ने

वि.सं.२०७३ माघ ३ सोमवार

723 

shares

३ माघ,काठमाडौँ  । प्रेस चौतारी नेपालले साङ्गठनिक सुदृढीकरण र समसामयिक स्थितिका सम्बन्धमा आगामी दुई महिनाभित्र मुलुकका सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ ।

चौतारीको आज बसेको सचिवालय बैठकले यही माघ २२ गतेदेखि आगामी फागुन २ गतेसम्म ती भेला गर्ने निर्णय गरेको हो । चौतारीका महासचिव राजेश राईका अनुसार माघ २२ गते प्रदेश नं ४ को पोखरा, २३ गते प्रदेश ५ को दाङ, २४ गते प्रदेश ७ को टीकापुर, २५ गते प्रदेश ६ को सुर्खेत, २७ गते प्रदेश २ को वीरगन्ज, माघ २८ गते प्रदेश नं १ को इटहरी र फागुन २ गते प्रदेश नं ३ को ललितपुरमा ती भेला आयोजना हुनेछन् ।

नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको आतिथ्यतामा र सङ्गठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले प्रदेश सङ्गठन कमिटी पनि गठन गरेको जनाइएको छ । रासस

वि.सं.२०७३ माघ ३ सोमवार १४:५० मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...