back

प्रेस चौतारीले सातै प्रदेशमा भेला गर्ने

वि.सं.२०७३ माघ ३ सोमवार

474 

shares
GLOBAL IME AD
NTC AD

३ माघ,काठमाडौँ  । प्रेस चौतारी नेपालले साङ्गठनिक सुदृढीकरण र समसामयिक स्थितिका सम्बन्धमा आगामी दुई महिनाभित्र मुलुकका सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ ।

चौतारीको आज बसेको सचिवालय बैठकले यही माघ २२ गतेदेखि आगामी फागुन २ गतेसम्म ती भेला गर्ने निर्णय गरेको हो । चौतारीका महासचिव राजेश राईका अनुसार माघ २२ गते प्रदेश नं ४ को पोखरा, २३ गते प्रदेश ५ को दाङ, २४ गते प्रदेश ७ को टीकापुर, २५ गते प्रदेश ६ को सुर्खेत, २७ गते प्रदेश २ को वीरगन्ज, माघ २८ गते प्रदेश नं १ को इटहरी र फागुन २ गते प्रदेश नं ३ को ललितपुरमा ती भेला आयोजना हुनेछन् ।

नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको आतिथ्यतामा र सङ्गठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले प्रदेश सङ्गठन कमिटी पनि गठन गरेको जनाइएको छ । रासस

वि.सं.२०७३ माघ ३ सोमवार १४:५० मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...