back

रोल्पा काँग्रेसले आधुनिक पार्टी कार्यालय बनाउने

वि.सं.२०७३ माघ ४ मंगलवार

702 

shares

४ माघ,रोल्पा। नेपाली काँग्रेस रोल्पाले आधुनिक पार्टी कार्यालय निर्माण थालनी गरेको छ । करिब रु तीन करोड ५० लाख लगानीमा निर्माणाधीन सो कार्यालय तीन वर्षभित्र सम्पन्न गरिने नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

सांसद विकास कोषबाट रु ५० लाख, पार्टी गाउँ कमिटीबाट रु एक÷एक लाखका दरले रु ५० लाख, विदेशमा रहेका रोल्पालीबाट रु ५० लाख तथा सहरी विकास मन्त्रालय एवम् शान्ति मन्त्रालयबाट समेत सहयोग प्राप्त हुने गरी भवन निर्माण गर्न लागिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनमगरले बताउनुभयो ।

अपाङ्गमैत्री एवम् लिफ्ट प्रणालीको रहने सो भवन साढे तीन तलाको हुने बताइएको छ जसको पहिलो तलामा पार्टी कार्यालय, दोस्रो तलामा हल, तेस्रो तलामा सुशील कोइराला स्मृति गेस्ट रुम र अन्तिम तलामा पार्टी सभापतिको निजी आवास रहने भएको छ ।

दिवङ्गत पूर्व पार्टीसभापति सुशील कोइराला जिल्ला भ्रमणका दौरान कहिल्यै होटल तथा लजमा नबसी कार्यकर्ताको घरमा बस्ने गरेको हुँदा उहाँको स्मरणमा पार्टीले गेस्ट रुम वनाउन लागेको सभापति पुनले बताउनुभयो ।

यसैगरी, पार्टीले जिल्लामा रहेका भ्रातृ सङ्गठनका लागि छुट्टै भवन निर्माण गरिरहेको नेपाली काँग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री ‘तोरावोरा’ले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ माघ ४ मंगलवार ०४:५६ मा प्रकाशित

Himalayan Life AD
पूर्वप्रधानमन्त्री नेपाल रौतहट -१ बाट उम्मेदवार

पूर्वप्रधानमन्त्री नेपाल रौतहट -१ बाट उम्मेदवार

रौतहट (चन्द्रपुर) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार...

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ मा प्रतिस्पर्धा गर्दै

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ मा प्रतिस्पर्धा गर्दै

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य...

‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक

‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक

काठमाडौँ । प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौँ  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै...

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

बाजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदानस्थलमध्ये...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला...