back

रोल्पा काँग्रेसले आधुनिक पार्टी कार्यालय बनाउने

वि.सं.२०७३ माघ ४ मंगलवार

207 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

४ माघ,रोल्पा। नेपाली काँग्रेस रोल्पाले आधुनिक पार्टी कार्यालय निर्माण थालनी गरेको छ । करिब रु तीन करोड ५० लाख लगानीमा निर्माणाधीन सो कार्यालय तीन वर्षभित्र सम्पन्न गरिने नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

सांसद विकास कोषबाट रु ५० लाख, पार्टी गाउँ कमिटीबाट रु एक÷एक लाखका दरले रु ५० लाख, विदेशमा रहेका रोल्पालीबाट रु ५० लाख तथा सहरी विकास मन्त्रालय एवम् शान्ति मन्त्रालयबाट समेत सहयोग प्राप्त हुने गरी भवन निर्माण गर्न लागिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनमगरले बताउनुभयो ।

अपाङ्गमैत्री एवम् लिफ्ट प्रणालीको रहने सो भवन साढे तीन तलाको हुने बताइएको छ जसको पहिलो तलामा पार्टी कार्यालय, दोस्रो तलामा हल, तेस्रो तलामा सुशील कोइराला स्मृति गेस्ट रुम र अन्तिम तलामा पार्टी सभापतिको निजी आवास रहने भएको छ ।

दिवङ्गत पूर्व पार्टीसभापति सुशील कोइराला जिल्ला भ्रमणका दौरान कहिल्यै होटल तथा लजमा नबसी कार्यकर्ताको घरमा बस्ने गरेको हुँदा उहाँको स्मरणमा पार्टीले गेस्ट रुम वनाउन लागेको सभापति पुनले बताउनुभयो ।

यसैगरी, पार्टीले जिल्लामा रहेका भ्रातृ सङ्गठनका लागि छुट्टै भवन निर्माण गरिरहेको नेपाली काँग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री ‘तोरावोरा’ले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ माघ ४ मंगलवार ०४:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...