back

ग्रान्डीमा सातै दिन बालरोग उपचार सेवा

वि.सं.२०७३ माघ ८ शनिवार

594 

shares
GLOBAL IME AD
NTC AD

८ माघ, काठमाडौँ  । ग्रान्डी अन्तर्राट्रिय अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा अब हप्तामा सातै दिन चौबिसैघण्टा उपलब्ध गराउने भएको छ ।

अस्पतालको सेवा सुरु भएको पाँचौँ वर्ष प्रवेशका अवसरमा अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा सुरु गरेको हो ।

सातै दिन चौबिसै घण्टा बालरोग विशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक आकस्मिक बाल उपचार सेवा, अस्पताल भर्नागरी उपचार गर्नुपर्ने बालबालिकाका लागि समर्पित पेडियाट्रिक बार्ड (समर्पित बाल उपचार कक्ष), सघन उपचार आवश्यक भएका नवजात शिशुका लागि नवजात सघन उपचार केन्द्र (नियोनेटल इन्टेन्सिभ केयर युनिट(एनआइसियु) र सघन उपचार आवश्यक भएका बालबालिकाका लागि बाल सघन उपचार केन्द्र (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट(पिआइसियु) को व्यवथा गरेको अस्पतालले जनाएको छ ।

त्यसैगरी सरुवारोगको सङ्क्रमण भएका र सघन उपचार आवश्यक भएका बिरामीका लागि एन आइसियु र पिआइसियुमा अलग्गै कक्षको समेत व्यवस्था गरिएको छ ।

अस्पतालको नवजात शिशु परामर्श केन्द्र(नियोनेटल केयर युनिट)मा एक महिनाभन्दा कम उमेरका नवजात शिशुका आमा, बाबुलाई सँगै राखेर विशेषज्ञहरुद्वारा परामर्श दिइन्छ । हेल्दी बेबी क्लिनिक (बाल स्वास्थ्य परीक्षण सेवा)अन्तर्गत बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा उनीहरुको स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध रहेको छ ।

जागरुक अभिभावकहरुका लागि बालबालिकाको विकास तथा उनीहरुको स्वास्थ्य अवस्थाबारे विशेषज्ञ चिकित्सकसँग जानकारी लिन यो सेवा उपयोगी रहने अस्पतालले जनाएको छ । रासस

वि.सं.२०७३ माघ ८ शनिवार १२:५१ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...