back

संविधान संशोधनले मुलुकमा सङ्कट निम्त्याउने

वि.सं.२०७३ माघ ८ शनिवार

444 

shares
GLOBAL IME AD
NTC AD

 pradip-gawali-'

८ माघ, पोखरा  । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधनको प्रस्तावले मुलुकमा सङ्कट निम्त्याएर द्वन्द्व चर्काउने आरोप लगाउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ प्रदेश नं ४ स्तरीय समन्वय परिषद् भेलाको आज यहाँ उद्घाटन गर्दै मुलुकको आवश्यकताभन्दा पनि मधेसवादी दललाई खुसी पार्न नै संशोधन प्रस्ताव ल्याइएको बताउनुभयो ।

नदुखेको टाउकामा डोरी बाँधेर दुखाउने गरी संशोधन प्रस्ताव पेस गरिएको उल्लेख गर्दै उहाँले देश र जनताको अहित हुने गरी ल्याइएको प्रस्तावलाई एमालेले पास हुन दिँदैन भन्नुभयो ।

अर्को माघ ७ गतेसम्म तीनवटै निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने बेलामा निर्वाचनसम्बन्धी एउटा पनि कानुन नबनाएर सरकार चुनावदेखि भाग्न खोजेको आरोप लगाउनुभयो ।

एमाले स्थायी कमिटीका सदस्य एवम् महासङ्घका केन्द्रीय अध्यक्ष मुकुन्द न्यौपानेले मुलुक दिन प्रतिदिन परनिर्भरतातर्फ अग्रसर भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

एमाले प्रदेश नं ४ का संयोजक एवम् पूर्वमन्त्री किरण गुरुङले समृद्ध नेपालको निर्माणमा उद्यमी एवम् व्यवसायीको महत्वपूर्ण दायित्व भएको र राज्यलाई बढी कर तिरेर राज्यको ढुकुटीलाई मजबुत बनाउन आग्रह गर्नुभयो ।

महासङ्घअन्तर्गत प्रदेश नं ४ का संयोजक प्रेमप्रसाद पौडेलको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भरतकुमार श्रेष्ठ, एमालेका केन्द्रीय सदस्य पद्मा अर्याल, सूर्य भुजेल, श्रीचन्द्र शर्मा, यमकुमार श्रेष्ठलगायतका वक्ताले बोल्नुभएको थियो । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

वि.सं.२०७३ माघ ८ शनिवार १२:५३ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...