back

वाग्मती किनारमा राष्ट्रिय झन्डा उद्यान

वि.सं.२०७३ माघ ८ शनिवार

186 

shares
NTC AD
Global IME AD

८ माघ,काठमाडौँ  । जोरपाटीस्थित वाग्मती नदीको किनारमा सबैभन्दा ठूलो राष्ट्रिय झन्डा उद्यान निर्माण गरिने भएको छ ।

गोकर्णेश्वर नगरपालिका–१३ सुगम नगरस्थित वाग्मती किनारमा गत पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा उद्यान निर्माण अभियान सुरु गरिएको हो । उद्यानमा २० फिट लामो राष्ट्रिय झन्डा राखिनेछ । सो उद्यान निर्माणको जिम्मेवारी स्थानीय टाइमलाइन विद्यालयले लिएको छ । उद्यानमा आकर्षक रुख बिरुवा रोप्ने कार्यक्रम विद्यालयले नै गर्नेछ ।
सो अवसरमा सांसद रामेश्वर फुयाँलले विद्यार्थीलाई रोजगारमूलक प्राविधिक शिक्षा दिइनुपर्ने बताउनुभयो । “विद्यालयले निर्माण गर्ने राष्ट्रिय झन्डा उद्यानका लागि मेरातर्फबाट सक्दो सहयोग हुनेछ, राष्ट्रियतालाई सबल बनाई हिमाल, पहाड र तराईलाई जोड्न उद्यानले महत्वपूर्ण योगदान गर्नेछ”–उहाँले भन्नुभयो ।

विद्यालयको अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज रिजालले उद्यान निर्माणका लागि सहयोग आह्वान गर्नुभयो । प्याब्सनका काठमाडौँ अध्यक्ष हरिकृष्ण श्रेष्ठ, विद्यालयका प्रअ रामप्रसाद बराललगायतले उद्यानले वाग्मतीलाई स्वच्छ बनाउन सहयोग गर्ने बताउनुभयो ।

वि.सं.२०७३ माघ ८ शनिवार १३:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

विश्व औलो दिवस : विदेशबाट आएकाबाट बढी जोखिम

विश्व औलो दिवस : विदेशबाट आएकाबाट बढी जोखिम

काठमाडौँ । आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडाईंलाई तीव्रता...

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको...

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

जुम्ला । यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका...