back

वाग्मती किनारमा राष्ट्रिय झन्डा उद्यान

वि.सं.२०७३ माघ ८ शनिवार

945 

shares

८ माघ,काठमाडौँ  । जोरपाटीस्थित वाग्मती नदीको किनारमा सबैभन्दा ठूलो राष्ट्रिय झन्डा उद्यान निर्माण गरिने भएको छ ।

गोकर्णेश्वर नगरपालिका–१३ सुगम नगरस्थित वाग्मती किनारमा गत पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा उद्यान निर्माण अभियान सुरु गरिएको हो । उद्यानमा २० फिट लामो राष्ट्रिय झन्डा राखिनेछ । सो उद्यान निर्माणको जिम्मेवारी स्थानीय टाइमलाइन विद्यालयले लिएको छ । उद्यानमा आकर्षक रुख बिरुवा रोप्ने कार्यक्रम विद्यालयले नै गर्नेछ ।
सो अवसरमा सांसद रामेश्वर फुयाँलले विद्यार्थीलाई रोजगारमूलक प्राविधिक शिक्षा दिइनुपर्ने बताउनुभयो । “विद्यालयले निर्माण गर्ने राष्ट्रिय झन्डा उद्यानका लागि मेरातर्फबाट सक्दो सहयोग हुनेछ, राष्ट्रियतालाई सबल बनाई हिमाल, पहाड र तराईलाई जोड्न उद्यानले महत्वपूर्ण योगदान गर्नेछ”–उहाँले भन्नुभयो ।

विद्यालयको अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज रिजालले उद्यान निर्माणका लागि सहयोग आह्वान गर्नुभयो । प्याब्सनका काठमाडौँ अध्यक्ष हरिकृष्ण श्रेष्ठ, विद्यालयका प्रअ रामप्रसाद बराललगायतले उद्यानले वाग्मतीलाई स्वच्छ बनाउन सहयोग गर्ने बताउनुभयो ।

वि.सं.२०७३ माघ ८ शनिवार १३:०६ मा प्रकाशित

Himalayan Life AD
नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९०...

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर) । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...