back

पर्यटक आकर्षणका लागि नयाँ ‘टूर प्याकेज’

वि.सं.२०७३ माघ ८ शनिवार

624 

shares
GLOBAL IME AD
NTC AD

८ माघ,काठमाडौँ  । आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचररिट्रिट टुर एन्ड ट्राभल्स’ले विशेष ‘टूर प्याकेज’ ल्याएको छ ।

स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा टूर प्याकेज गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक स्वास्थ्यसम्बन्धी प्याकेज ल्याएको हो ।

पाँच दिन र सात दिनको टूर प्याकेजमा स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले राससलाई जानकारी दिनुभयो ।

“यो योजना पहिलो पटक नेपालमा ल्याएका छौँ, यसबाट नेपाली तथा विदेशीले घुमघामसँगै आफ्नो सम्पूर्ण शरीरको उपचार समेत गर्न पाउनेछन,”–उहाँले भन्नुभयो ।

नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्यान्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ । त्यहाँ हाडर्जोनी र नशा सम्बन्धी सम्पूर्ण उपचार पाउने छन् । यो प्याकेजका लागि प्रत्येक पर्यटकले रु ५० हजार खर्च गर्नुपर्ने हुन्छ । उताबाट आउनेका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । स्वास्थ्यसम्बन्धी प्याकेज लिन पहिला सेवाग्राहीले स्वास्थ्य सम्बन्धी रिपोर्ट अस्पताललाई बुझाउनुपर्ने हुन्छ ।

कम्पनीले थाइल्यान्ड, मलेसिया, सिङ्गापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गर्ने र हाल ती मुलुकबाट उल्लेख्य सेवाग्राही आएको प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो । कैलाश टूरका लागि पनि अहिले धेरै पर्यटक नेपाल आएको बताइन्छ । नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका छन् । रासस

वि.सं.२०७३ माघ ८ शनिवार १३:४० मा प्रकाशित

महाकुम्भबाट नेपालले धार्मिक पर्यटन प्रवर्द्धन गरी लाभ लिन सक्ने

महाकुम्भबाट नेपालले धार्मिक पर्यटन प्रवर्द्धन गरी लाभ लिन सक्ने

  कमलकुमार बस्नेत/प्रयागराज (भारत) । यमुना र गङ्गा नदी मिसिएको...

प्रचारप्रसारको अभावमा ओझेलमा लुरी गुम्बा

प्रचारप्रसारको अभावमा ओझेलमा लुरी गुम्बा

म्याग्दी । मुस्ताङको लोघेकर-दामोदरकुण्ड गाउँपालिका-४ मा पर्ने यारामा रहेको ऐतिहासिक...

पर्यटकका रोजाइमा ‘तुवाचुङ मिनी ग्रेटवाल’

पर्यटकका रोजाइमा ‘तुवाचुङ मिनी ग्रेटवाल’

खोटाङ । तुवाचुङ-जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र...

‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

भोजपुर । भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको...

पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

तुलसीपुर (दाङ) । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय...

चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै पुरैनी ताल

चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै पुरैनी ताल

कञ्चनपुर । बेलौरी नगरपालिका-६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको...