back

पर्यटक आकर्षणका लागि नयाँ ‘टूर प्याकेज’

वि.सं.२०७३ माघ ८ शनिवार

1.1K 

shares

८ माघ,काठमाडौँ  । आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचररिट्रिट टुर एन्ड ट्राभल्स’ले विशेष ‘टूर प्याकेज’ ल्याएको छ ।

स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा टूर प्याकेज गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक स्वास्थ्यसम्बन्धी प्याकेज ल्याएको हो ।

पाँच दिन र सात दिनको टूर प्याकेजमा स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले राससलाई जानकारी दिनुभयो ।

“यो योजना पहिलो पटक नेपालमा ल्याएका छौँ, यसबाट नेपाली तथा विदेशीले घुमघामसँगै आफ्नो सम्पूर्ण शरीरको उपचार समेत गर्न पाउनेछन,”–उहाँले भन्नुभयो ।

नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्यान्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ । त्यहाँ हाडर्जोनी र नशा सम्बन्धी सम्पूर्ण उपचार पाउने छन् । यो प्याकेजका लागि प्रत्येक पर्यटकले रु ५० हजार खर्च गर्नुपर्ने हुन्छ । उताबाट आउनेका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । स्वास्थ्यसम्बन्धी प्याकेज लिन पहिला सेवाग्राहीले स्वास्थ्य सम्बन्धी रिपोर्ट अस्पताललाई बुझाउनुपर्ने हुन्छ ।

कम्पनीले थाइल्यान्ड, मलेसिया, सिङ्गापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गर्ने र हाल ती मुलुकबाट उल्लेख्य सेवाग्राही आएको प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो । कैलाश टूरका लागि पनि अहिले धेरै पर्यटक नेपाल आएको बताइन्छ । नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका छन् । रासस

वि.सं.२०७३ माघ ८ शनिवार १३:४० मा प्रकाशित

Himalayan Life AD
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ) ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४...

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा । भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला...