१० माघ, इटहरी । नेपाली काँग्रेस सुनसरी जिल्लाको प्रकाशपुरमा निर्माण गर्न लागिएको प्रकाशपुर गाउँ पार्टी कार्यालयको आज शिलान्यास गरिएको छ ।
भवनको शिलान्यास गर्दै काँग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले
काँग्रेसकै अगुवाइ नेपालमा ठूल्ठूला परिवर्तन र विकास भएकाले समृद्ध नेपाल बनाउने जिम्मेवारी पनि काँग्रेसकै काँधमा आएको जिकिर गर्नुभयो ।
पार्टी भवन निर्माणका लागि प्रकाशपुरका समाजसेवी नन्दलाल बञ्जाराले प्रकाशपुर– ८ मा रु ११ लाख मूल्य पर्ने सातधुर जमिन पार्टीलाई प्रदान गर्नुभएको हो ।
वि.सं.२०७३ माघ १० सोमवार १४:३१ मा प्रकाशित