back

हराएका महिला–बालबालिका काठमाण्डौंको  इँटाभट्टामा

वि.सं.२०७३ माघ ११ मंगलवार

678 

shares

लिबाङ (रोल्पा) । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ – ५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् ।

हराएपछि उनी कहाँ, किन र कोसँग गइन्, भन्नेबारे परिवारलाई कुनै किसिमको जानकारी भएन । चारैतिर उनको खोजी भयो, कहीँ कतै फेला नपरेपछि पुस १२ गते उनका अभिभावकमार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा खोजतलासका लागि उनको हुलियासहित निवेदन प¥यो । निवेदन परिसकेपछि प्रहरीमार्फत उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले जनाएको छ ।

यस्तै मिझिङ– ८ रोल्पाका ११ वर्षीय सेरे महरा गत मङ्सिर ९ गतेदेखि घरबाट हराइरहेका छन् । बिहानसम्म घरमा रहेको छोरो साँझसम्म पनि घर नफर्किएपछि गाउँघर, टोलछिमेक चारैतिर उनको खोजी भयो तर कहीँ कतै फेला पर्न सकेनन् । उनका अभिभावकमार्फत खोजतलासका लागि मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन प¥यो । यसरी निवेदन परेपछि प्रहरी कार्यालय मार्फत हालसम्म पनि उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै बडाचौर– ४ रोल्पाकी २१ वर्षीया पार्वती थापा पुस २८ गतेदेखि घरबाट निस्किएर हराइरहेकी छन् । उनलाई घरपरिवारमार्फत गाउँ, घर, इष्टमित्र तथा माइती मावलीसम्म पनि खोजी गरियो तर कहीँ कतै फेला पर्न नसकेपछि उनको खोजीका लागि प्रहरीमा निवेदन प¥यो । उनको पनि प्रहरीले हालसम्म खोजी जारी राखेको छ ।

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरका अनुसार खोजतलासका लागि देशका सबै जिल्लामा हराएका व्यक्तिको हुलियासहित जानकारी पठाइसकिएको छ । महिला तथा बालबालिका सेवा केन्द्र, रोल्पाको तथ्याङ्कानुसार चालु आवमा मात्र जिल्लाबाट करिब ४१ जना हराएकामा १८ महिला, १० बालक र १३ बालिका छन् ।

विशेषगरी ११ देखि १६ वर्ष उमेर समूहका किशोरी–युवती तथा ५० वर्ष उमेरसम्मका महिला हराउने गरेको तथ्याङ्कमा उल्लेख छ । हराएकामध्ये ११ जना फेला परिसकेका छन् भने अन्य ३० जनाको अवस्थाका बारेमा प्रहरीलाई थप जानकारी छैन ।

यसैगरी आव २०७२÷७३ मा जिल्लाबाट ८५ जना हराएकामा ३६ जना, ३१ बालिका तथा १८ बालक रहेको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । आफूले रोल्पामा काम गर्दाको अनुभव सुनाउँदै मगरले भन्नुभयो– “हराएकामध्ये अधिकांश महिला तथा बालबालिका काठमाडाँैका विभिन्न इँटाभट्टामा पुग्ने गरेका छन् ।

गत पुस ७ गते काठमाडाँैको इँटाभट्टा जाँदै गरेका दुई महिला, एक पुरुष र अन्य ३१ बालकालिकालाई इँटाभट्टामा जाँदै गरेको अवस्थामा लिबाङको सदरमुकामस्थित टुँडिखेलबाट प्रहरीले फर्काएको थियो ।

यसरी हराएका व्यक्तिका अभिभावकले खोजतलासका लागि प्रहरीमा निवेदन दिने तर फेला परिसकेपछि पनि जानकारी नदिने भएको हुँदा सही तथ्याङ्क उपलब्ध गराउन नसकिने अवस्था रहेको बताइएको छ । रासस

वि.सं.२०७३ माघ ११ मंगलवार ११:१० मा प्रकाशित

Himalayan Life AD
धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको...

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र...

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी...

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख...

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि...