back
CTIZAN AD

बिमा कार्यक्रममा झन्डै आठ हजार बढी सदस्य

वि.सं.२०७३ माघ १२ बुधवार

810 

shares

 १२ माघ,धनगढी । कैलाली जिल्लामा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा (बिमा)कार्यक्रम अन्तर्गत गएको आठ महिनामा आठ हजार ५३२ जना बिमित भएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालयका जिल्ला प्रबन्धक कपिलदेव अर्यालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमाको रकम बुझाइ सदस्यता लिनेको संख्या बढ्दै गएको बताउनुभयो ।

बिमित भएकामध्ये हालसम्म तीन हजार जनाले सेवा लिइसकेको बताइएको छ । जिल्लामा यो सेवा चौमाला, भजनी, जोशीपुर, र उदासीपुर स्वास्थ्य केन्द्रकासाथै सेती अञ्चल अस्पताल र टिकापुर अस्पताल मार्फत उपलब्ध भइरहेको अर्यालले बताउनुभयो ।

यी स्वास्थ्य संस्थाबाट सिफारिस भएका बिरामीले वीर अस्पताल, कोहलपुर मेडिकल कलेज, चितवनको क्यान्सर अस्पताल लगायतबाट थप उपचार सेवा पाइरहेका छन् ।

सरकारले गरिबीको सूचीमा रहेका व्यक्तिलाई परिचयपत्र वितरण गरेपछि त्यसको आधारमा अति गरिबलाई सतप्रतिशत, गरिबबाट ७५ प्रतिशत, जोखिमा रहेकाबाट ५० प्रतिशत शुल्क लिएर सदस्य बनाउने योजना रहेको अर्यालले जानकारी दिनुभयो ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली २०७२ बमोजिम सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, तथा प्रभावकारी रुपमा उपलब्ध गराई स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यो कार्यक्रम अन्तर्गत बिमित भएका पाँचजना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक रु दुई हजार ५०० प्रिमियम शुल्क बुझाइ रु ५० हजार बराबरको सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट पाउने गरेका छन् । पाँच भन्दा बढी सदस्य भएको परिवारको हकमा बढेको सदस्य प्रत्येकको लागि रु४२५ का दरले थप गर्दै जानुपर्ने र यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत रु १०, हजारका दरले थप हुँदै जाने बताइएको छ ।

एक वर्षका लागि मान्य हुने यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमाबापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ ।

नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेकोको परिप्रेक्षयमा सरकारले यो कार्यक्रम पहिलो पटक गत जेठ महिनादेखि कैलाली जिल्लावाट कार्यान्वयनमा ल्याएको हो । पछिल्लो पटक बागलुङ र इलाम जिल्लामा समेत लागू गरिएको जनाइएको छ ।

वि.सं.२०७३ माघ १२ बुधवार ०९:५१ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...