back

बिमा कार्यक्रममा झन्डै आठ हजार बढी सदस्य

वि.सं.२०७३ माघ १२ बुधवार

411 

shares
GLOBAL IME AD
NTC AD

 १२ माघ,धनगढी । कैलाली जिल्लामा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा (बिमा)कार्यक्रम अन्तर्गत गएको आठ महिनामा आठ हजार ५३२ जना बिमित भएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालयका जिल्ला प्रबन्धक कपिलदेव अर्यालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमाको रकम बुझाइ सदस्यता लिनेको संख्या बढ्दै गएको बताउनुभयो ।

बिमित भएकामध्ये हालसम्म तीन हजार जनाले सेवा लिइसकेको बताइएको छ । जिल्लामा यो सेवा चौमाला, भजनी, जोशीपुर, र उदासीपुर स्वास्थ्य केन्द्रकासाथै सेती अञ्चल अस्पताल र टिकापुर अस्पताल मार्फत उपलब्ध भइरहेको अर्यालले बताउनुभयो ।

यी स्वास्थ्य संस्थाबाट सिफारिस भएका बिरामीले वीर अस्पताल, कोहलपुर मेडिकल कलेज, चितवनको क्यान्सर अस्पताल लगायतबाट थप उपचार सेवा पाइरहेका छन् ।

सरकारले गरिबीको सूचीमा रहेका व्यक्तिलाई परिचयपत्र वितरण गरेपछि त्यसको आधारमा अति गरिबलाई सतप्रतिशत, गरिबबाट ७५ प्रतिशत, जोखिमा रहेकाबाट ५० प्रतिशत शुल्क लिएर सदस्य बनाउने योजना रहेको अर्यालले जानकारी दिनुभयो ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली २०७२ बमोजिम सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, तथा प्रभावकारी रुपमा उपलब्ध गराई स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यो कार्यक्रम अन्तर्गत बिमित भएका पाँचजना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक रु दुई हजार ५०० प्रिमियम शुल्क बुझाइ रु ५० हजार बराबरको सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट पाउने गरेका छन् । पाँच भन्दा बढी सदस्य भएको परिवारको हकमा बढेको सदस्य प्रत्येकको लागि रु४२५ का दरले थप गर्दै जानुपर्ने र यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत रु १०, हजारका दरले थप हुँदै जाने बताइएको छ ।

एक वर्षका लागि मान्य हुने यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमाबापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ ।

नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेकोको परिप्रेक्षयमा सरकारले यो कार्यक्रम पहिलो पटक गत जेठ महिनादेखि कैलाली जिल्लावाट कार्यान्वयनमा ल्याएको हो । पछिल्लो पटक बागलुङ र इलाम जिल्लामा समेत लागू गरिएको जनाइएको छ ।

वि.सं.२०७३ माघ १२ बुधवार ०९:५१ मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...