back
CTIZAN AD

गोपाल गिरी पत्रकारिता पुरस्कार यादव र केशरीलाई

वि.सं.२०७७ माघ २० मंगलवार

741 

shares

२० माघ, वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आफ्नो ५४औँ साधारणसभाको अवसरमा स्व गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिकाका प्रबन्ध निर्देशक तथा सम्पादक गया यादव र गोरखापत्रकर्मी कन्हैयालाल केशरीलाई प्रदान गरेको छ ।

यादव र केशरी विगत लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध रही पत्रकारिता क्षेत्रमा समर्पित रहेकाले उनीहरुलाई जनही रु २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाइ सम्मान गरेको छ । प्रत्येक वर्ष एक जना पत्रकारलाई सो पुरस्कार दिने प्रावधान रहेपनि यसवर्ष एकैपटक उक्त पुरस्कार यादव र केशरीलाई दिइएको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महाङ्घका केन्द्रीय सचिव रामप्रसाद दाहालले पुरुस्कृत पत्रकारद्वयलाई सो पुरस्कार प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानीत गरेको छ । विसं २०६० तिर तत्कालीन राजा ज्ञानेन्द्र वीरविक्रम शाह सत्तामा आए पनि वीरगञ्ज नगरपालिकाको प्रमुखमा गोपाल गिरीलाई मनोनीत गरेका थिए ।

गिरी प्रमुखमा मनोनीत भएको करीब छ महिनापछि तत्कालीन माओवादीले गिरीलाई बोलाएर वीरगञ्जको वाइपास सडकखण्डमा गोली हानी हत्या गरेका थिए । गिरीको सम्झनामा उनका छोरी गिरिश गिरीले सो पुरस्कारको स्थापना गरेका हुन् ।

सो अवसरमा स्व गिरीका छोरी गिरिश गिरीले प्रत्येक वर्ष सो पुरस्कारको लागि रु १० हजार थपिँदै जाने बताएका छन् । सो साधारणसभाको उद्घाटन गर्दै केन्द्रीय सचिव दाहालले पत्रकारले आफ्नो स्वाभिमानको रक्षा गरी लोकतन्त्रको स्थायीको लागि कलम चलाउनुपर्ने बताए ।

पर्साका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा भएको सो कार्यक्रममा सञ्चारकर्मी, ईश्वरचन्द्र गौतम, जगदीश शर्मा, महेश दास, शीतलप्रसाद महतो, शत्रुधन नेपाल, दीपेन्द्र चौहान, अशोक तिवारी, शङ्कर खतिवडा, केसी लामिछाने, श्याम बन्जारालगायतलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा अनुप तिवारी, महेश दास, अशोक तिवारी, जगदीश शर्मा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलगायतका वक्ताले वीरगञ्जको पत्रकारितालाई केही व्यक्तिले बदनाम गर्न खोजेको, पत्रकारले न्यूनतम पारिश्रमिक पाउन नसकेको आरोप लगाए । रासस

वि.सं.२०७७ माघ २० मंगलवार १५:४७ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...