Logo
६ कार्तिक २०७८, शनिबार
     Sat Oct 23 2021
E-paper
  English Edition
   Unicode
Logo

‘ममी, अबदेखि स्कुलको कार्यक्रमहरुमा जाँदा तपाईंले परियार थर नलेख्नू है’



bindu thapa paiyar

       

त्यसकारण म भन्छु यदि कोही अन्तरजातीय विवाह गर्न चाहनुहुन्छ या जोडी रोजिसकिएको छ भने पहिला परिवारलाई पूर्ण रुपले राजी बनाएर मात्रै बिहे गर्नु आवश्यक छ । यदि अन्तरजातीय विवाह गर्दा मारिनुपर्छ, कुटिनुपर्छ या विस्थापित हुनुपर्छ भने विशेषत दलित युवायुवतीलाई मेरो आग्रह छ, भुलेर पनि अन्तरजातीय विवाह नगर्नुहोला । जिन्दगी रोएर बिताउने मन कसैको हुँदैन ।

मेरो बाल्यकालमा दलित हुनुको विभेद अनुभव भएन । दौँतरीहरुले मलाई दलित भनेर कहिल्यै विभेद गरेनन् । डुल्दा, खल्दा, खाँदा जुनैबेला पनि समान रुपमा आत्मीयता थियो दौँतरीमाझ । तर, यो बाल्यकालको आत्मीयता वयस्क हुँदै गएपछि तोडिँदै गयो । जब मैले अन्तरजातीय विवाह गरेँ, तब मैले अनेकन विभेद भोग्न थालेँ ।
मलाई लाग्छ धेरै अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घरपरिवारले स्वीकार नगर्दा त्यहीँबाट नै खटपट सुरु हुन्छ । कति जोडीको यस्तै खटपटबाट सुरु भएको झगडा सम्बन्धविच्छेदमा टुङ्गिएको धेरै घटना देखेकी छु मैले । एउटा घटना, मेरी छोरी सात वर्षकी थिइन् । एक दिन साह्रै नमिठो प्रश्न गरिन्, ‘ममी मलाई मेरो बाबाको घरमा किन भित्र पस्न दिनुहुन्न ? मेरो अड्ढलको छोरी पस्न हुने म चाहिँ नहुने ?’ उनको प्रश्नको खास जवाफ मसँग थिएन । तैपनि उनको चित्त बुझाउने प्रयास गरेँ र भनिदिएँ, ‘तिम्रो बाबा नेपालमा हुनुहुन्न, बाबाको घरमा बाबा नआई हामी पस्यौँ भने देवता रिसाउँछन् ।’
मैले यस्तो जवाफ दिनुपर्दा मेरो मन साह्रै भक्कानिएको थियो । तथापि, छोरीले चित्त बुझाइछन् सायद, त्यसपछि उनी कहिल्यै पनि बुबाको मूलघर जाँदा भित्र पसिनन् । बाहिरै बस्थिन्, बाहिरै बसेर खान्थिन् । छोरीको स्कुल त्यति चित्त बुझिरहेको थिएन । अर्को स्कूल भर्ना गरिदिने सोच भयो ।
एकदिन स्कुल जाने बेला छोरीको स्कुल डायरीमा मेरो आँखा पुग्यो । मन झसङ्ग भयो, उनले त डायरीमा मेरो नाम नाम बिन्दु थापा लेखिकी रहिछिन् । म छक्क पर्दै सोधेँ, ‘किन तिमीले मेरो नाम बिन्दु थापा लेखेको म त परियार हो नि !’ उनले भूमिका नबाँधी उत्तर दिइन्, त्यो पनि सुझाव शैलीमा । उनले भनिन्, ‘ममी, अबदेखि स्कुलको मिटिङ, कार्यक्रमहरुमा जाँदा तपाईंले परियार नलेख्नू है थापा लेख्नू ।’
छोरीको यो कुराले आश्चर्यमा परेँ । स्कुलमै जातीय भेदभाव हुने रहेछ भन्ने महसुस भयो । मैले स्कुलको प्रिन्सिपलसितै भेट्ने विचार गरेँ । प्रिन्सिपलले छोरीको कुरामा सहमतिसहित बेलीविस्तार लगाए । उनले शिक्षकहरुमा जातीय विभेदको कुरा नभएको तर केटाकेटीहरुमा नै विभेदको कुरा हुने भएकोले केटाकेटीलाई मानसिक असर परेको हुनसक्ने उत्तर दिए । म प्रिन्सिपलसित गम्भीर गफ गरिरहेको थिएँ । यता, छोरीमा भने परियार थरप्रति वितृष्णा जागेको महसुस भइरहेको थियो ।
यता, छोरी मेरो परिवारपट्टि कसैलाई मन नपराउने भइसकेकी थिइन् । उनी प्रायः मेरो परिवारलाई झिँजो मान्ने अवस्थामा पुगेको महसुस हुन्थ्यो । एकदिन मेरो दिदीसँग यही जातकै विषयमा भनाभन भएछ । उनले त दिदीलाई दमिनी भनिछन् । दिदीको छोरीले पनि भनिछन, ‘तेरो ममी पनि दमिनी त हो नि, तेरो ममी पनि दमिनी भएपछि तँ पनि दमिनी भइहालिस नि ।’ त्यसपछि छोरीले भनिछन्,’ मेरो शरीरमा ९५५ रगत मगरको र ५५ मात्रै दमाई हो, म नसा काटेर ५५ रगत पनि बगाइदिन्छु र १००५ मगर हुन्छु !’ जब म बेलुका घर फर्किएँ, मलाई सबैले यो दिउँसोको विवाद सुनाए । म आत्तिएँ । अब चाहिँ साँच्चै छोरीलाई परामर्शको आवश्यकता देखेँ । तर परामर्श कसरी दिने भने सोचिरहेँ ।
एकदिन संयोगले उनको डायरी पढेँ, त्यहाँ उनले संसारको ३ जना मान्छेलाई मात्रै माया गर्छु र तिनीहरु पहिलो उनको बाबा दोस्रो शाहरुख खान र तेस्रो उनको प्रिन्सिपल भनेर लेखेकी थिइन् । छोरीलाई काउन्सेलिङ उनकै प्रिन्सिपलले गर्दा ठिक हुन्छ होला जस्तो लागेर फेरि छोरीको स्कुल गएँ र यो सब कुराहरु भने । प्रिन्सिपलले काउन्सेलिङ गर्ने वाचा गर्नुभयो ।
यसरी नै समय बित्दै थियो । छोरी घरमा झगडा अलि कम गर्न थालिन् । मसँग पनि पहिलाभन्दा अलि बढी बोल्न थालिन् । यस्तैमा भुकम्प गयो, त्यसकै ६ दिनपछि हामी सबै गोरखा गयौँ । गोरखा गएपछि म घर बस्न पाउन्नथेँ । किनभने म मेरो क्षेत्रमा दिनरात केही नभनी राहत वितरणमा लागेँ । छोरीसँग खासै कुरा हुन्थेन । म प्रायः घरबाट निस्कँदा छोरी सुतिरहेकी हुन्थिन् भने फर्कंदा कहिले टिभी हेर्दै । थाकेर आएको हुन्थेँ अनि आफू पनि निदाइहाल्थेँ ।
यसरी दिन बित्दैथ्यो । एकदिन घैरुङ भन्ने ठाउँमा राहत दिएर फर्कंदै थिए बाटोमा गाडीको तेल सकियो । रात परिसकेको थियो, हामीसँग हिँडेर जाने आँट पनि थिएन । गाउँको ट्रक थियो । गाउँबाट तेल मगाएर त्यही ट्रकमै जाने भनेर तेल कुर्न थाल्यौँ । तेल कुरेर घर पुग्दा रातिको ११ः३० भइसकेको थियो । घर पुगेपछि आमाले ‘क्रस्टिना (छोरी) ममी आएपछि ममीसँगै सुत्छु भन्दै गनगन गरिरहेको’ बताउनुभयो ।
भोलिपल्ट अलि ढिलो उठेछु । उठ्दा छोरी उठेर म उठ्ने प्रतीक्षा गरेर बसेकी रहिछिन् । म उठ्नेबित्तिकै मलाई अङ्गालो हालिन् र भनिन्, ‘ममी आई एम रियल्ली प्राउड अफ यु ! लभ यु सो मच ।’ छोरीको यो कुराले म सपनामा पो छु कि भन्ने महसुस भयो । आफैंलेलाई चिमोटेँ, हैन म विपनामै रहेछु । खुसीले मेरो आँखाबाट तप्प आँसु खस्यो । उनले अँझै  भनिन्, ‘अचेल म स्कुलमा पनि आफ्नो थर परियार थापा भन्छु ।’ बल्ल थाहा पाएँ छोरीको मानसिक परिवर्तन । उनलाई प्रिन्सिपलले काउन्सेलिङ गर्नुभएको रहेछ ।
यी दुईवटा घटना त मेरो छोरीसँगको मात्रै हुन् । बिहेपछि मैले आफैंले पनि त्यस्ता कति भेदभावको शिकार हुनु परेको छ । एउटा सुनाऊँ, म भर्खरै बिहे भएको बेलाको । म त्यतिबेला १६ वर्षकी मात्र थिएँ । अन्तरजातीय बिहे गरिएको हुँदा कैयौँ वर्ष घर गइनँ । चाडपर्वमा अरुको खुसी हेर्दै रोएर बिताउँथे । धेरै वर्षसम्म मेरो परिवार र उहाँको परिवारबीच बोलचाल, अर्मपर्म सबै बन्द भयो ।
बिहे गरेको १५ वर्षपछि सामान्य बोलचाल हुन थाल्यो दुई परिवारबीच । तर विभेद खासै कम थिएन । म दसैँमा घर जान्थेँ तर मेरो भागको दसैँ टिका दुनामा राखेर दिइन्थ्यो र भनिन्थ्यो तिमी एक्लैलाई टिका लगाउन हुँदैन छोरो आएपछि सँगै लगाउने ।’ डेढ दशक बितेपछि बल्ल मैले ससुराको हातबाट दसैँको टिका लाउन पाएँ, त्यो पनि गत वर्ष मेरा पति नेपाल आउँदा मात्र ।
एउटा अनुसन्धानले ७५५ जातीय भेदभाव अन्तरजातीय विवाहले हटाउँछ भनेर प्रतिवेदन सार्वजनिक गरेको रहेछ । तर मलाई लाग्दैन अन्तरजातीय विवाहका कारण विभेद घटेको छ भनेर । सँगै खाँदैमा छोइँदैमा, मन्दिर पस्न दिँदैमा, धारा, इनार प्रयोग गर्दैमा विभेद घटेको सोच्नु मुर्खताबाहेक अरु केही होइन । जबसम्म यी घटनाहरु समाचार बनिरहन्छन् तबसम्म विभेद अझै बाँकी हुन्छन् ।
मलाई लाग्छ धेरै अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घरपरिवारले स्वीकार नगर्दा त्यहीँबाट नै खटपट सुरु हुन्छ । कति जोडीको यस्तै खटपटबाट सुरु भएको झगडा सम्बन्धविच्छेदमा टुङ्गिएको धेरै घटना देखेकी छु मैले । अझै बालबच्चा जन्मिएपछि केटाले छोडेर जाँदा धेरै बालबच्चाहरु बुवाविहीन र आमाहरुलाई बालबच्चाहरु हुर्काउन निकै गाह्रो भएको घटनाहरु धेरै छन् । अझै भनौँ, धेरै त्यस्ता बालबालिका छन्, जसलाई यो समाजले बाबुविहीनको संज्ञा दिन्छ अझै पनि ।
तपाईंलाई लाग्ला, म आफैं अन्तरजातीय विवाह गरेर म नै यसको विरुद्ध लेख्दैछु भनेर । यसको एउटै मात्र कारण मैले अन्तरजातीय विवाह गरेर नजिकबाट यस्ता समस्याहरु नियालेको छु, धेरै भोगेकी पनि छु ।
त्यसकारण म भन्छु यदि कोही अन्तरजातीय विवाह गर्न चाहनुहुन्छ या जोडी रोजिसकिएको छ भने पहिला परिवारलाई पूर्ण रुपले राजी बनाएर मात्रै बिहे गर्नु आवश्यक छ । यदि अन्तरजातीय विवाह गर्दा मारिनुपर्छ, कुटिनुपर्छ या विस्थापित हुनुपर्छ भने विशेषत दलित युवायुवतीलाई मेरो आग्रह छ, भुलेर पनि अन्तरजातीय विवाह नगर्नुहोला । जिन्दगी रोएर बिताउने मन कसैको हुँदैन ।

                                                           साभार  : विवेचना दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भिम रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलको

तोलाकान्त बगाले, वालिङ । यहाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा