back

एक्काइस महिनापछि रगनीमा अनुदानको पहिलो किस्ता

वि.सं.२०७३ माघ १३ बिहीवार

489 

shares

१३ माघ,रगनी (ओखलढुङ्गा) । श्रममन्त्री सूर्यमान गुरुङले पुनःनिर्माण र आवास निर्माणका लागि अनुदान वितरणमा सरकारले कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

जिल्लाको सबैभन्दा सुदूरपश्चिमस्थित रगनी गाविसको चण्डेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा आवास निर्माण अनुदान प्रदान कार्यक्रमको आज शुभारम्भ गर्दै उहाँले भूकम्पपीडित जनताको राहत र सहयोगका लागि यहाँका जनप्रतिनिधिले पु¥याएको योगदान अनुकरणीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – सबै जनता र राजनीतिक दलहरु मिलेर देश र जनताको भलो हुने काम गर्नुपर्छ, जनतालाई परेको अप्ठेरोलाई सुल्झाउने काममा ओखलढुङ्गाका सांसदले सक्रिय रुपमा काम गरेर आफूलाई सक्षम सावित गरिसक्नुभएको छ ।

सो अवसरमा मन्त्री गुरुङले स्थानीय सुजिता बुढाथोकीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर शिविर सञ्चालनको शुभारम्भको घोषणा गर्नुभएको थियो ।

सांसद रामहरि खतिवडाले सबै राजनीतिक दल र स्थानीय प्रशासनको संयुक्त प्रयासमा जिल्लाको पलापुबाट सुरु गरिएको अनुदान वितरणसहितको एकीकृत घुम्ती शिविरबाट जिल्लाका अधिक जनता लाभान्वित मात्र भएको होइन अरु जिल्लाका लागिसमेत यस्तो कार्यक्रम नमुना बनेको धारणा व्यक्त गर्नुभयो ।

अर्का सांसद यज्ञ सुनुवारले भूकम्प प्रभावितमध्ये सबैभन्दा बढी मानवीय र भौतिक पूर्वाधारको क्षति भएको रगनीमा आयोजना भएको घुम्ती शिविरबाट स्थानीय जनता निकै लाभान्वित भएको बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव जनार्दन गुरागार्इंले जिल्लाका कुल लाभग्राही १९ हजार ८१९ मध्ये १८ हजार ४८६ सग अनुदान सम्झौता गरिएकामा १८ हजार ३०१ लाई बैंकमार्फत रकम पठाइसकिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले रगनी गाविसका ७१९ घर परिवारलाई आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजारको दरले दुई दिनभित्र रकम वितरण हुने जानकारी दिनुभयो ।

गाविस सचिव प्रदीप पौडेलले जिल्लाका सबै राजनीतिक दलबीच भएको सहमतिअनुरुप घुम्ती शिविरमा आवास अनुदान वितरणका साथै जिल्ला प्रशासनबाट नागरिकता, निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्र, महिला कार्यालयबाट अपाङ्गलाई परिचयपत्र वितरणका साथै नेपाली सेनाबाट स्वस्थ्य शिविरजस्ता सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

एक नगरपालिकासहित ५० गाविस रहेको ओखलढुङ्गा सात हजार ८१० जनाले अनुदानका बारेमा गुनासो गरेकामा ६ हजार ४४ गुनासा हेरिसकेको प्राधिकरणले जनाएको छ । ओखलढुङ्गामा हालसम्म ७६७ वटा घर बन्दै गरेको तथा ६९९ जनाले दक्ष डकर्मीको तालिम लिएको जानकारी दिइएको छ ।

ओखलढुङ्गाका २३४ परिवारले अघिल्लो वर्ष नै वितरण गर्ने भनेर सरकारले घोषणा गरेको न्यायो कपडाबापतको भत्ता अझै प्राप्त गर्न नसकेको जानकारी दिइयो । भूकम्प गएको २१ महिनापछि रगनी गाविसका स्थानीयवासीले आवास निर्माणका लागि पहिलो किस्ताको रकम प्राप्त गर्न लागेका हुन ।

वि.सं.२०७३ माघ १३ बिहीवार ११:०३ मा प्रकाशित

Himalayan Life AD
यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने...

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति...

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...