back
CTIZAN AD

तरुण दल कार्यसमितिले पूर्णता पाउन सकेन

वि.सं.२०७३ माघ १३ बिहीवार

894 

shares

१३ माघ,काठमाडौँ । नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन भएको साढे दुई महिना बितिसक्दा समेत कार्यसमितिले पूर्णता पाउन सकेको छैन् ।

महाधिवेशनमा मतदान नगराई शीर्ष नेताको भागबन्डाका आधारमा अध्यक्ष जीतजङ्ग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान् गुरुङ चयन हुनुभएको थियो । त्यसपछि समितिका अन्य पदमा सहमतिका आधारमा पूर्णता दिने भनिए पनि हालसम्म त्यस सम्बन्धमा कुनै काम भएको छैन् ।

सहमतिका आधारमा चयन हुनुभएका पदाधिकारीमध्ये अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा, उपाध्यक्ष चापागाई नेता कृष्णप्रसाद सिटौला, महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल र कोषाध्यक्ष गुरुङ नेता खुमबहादुर खड्काको भागबन्डामा पर्नुभएको हो ।

तरुण दलको चौथो महाधिवेशन गत कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा भएको थियो । तरुण दलको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले महाधिवेशनबाट काठमाडौँ फर्केलगत्तै बैठक गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको थियो ।

काँग्रेसले तरुण दल महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन गरिएको थियो । समितिमा पार्टी केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी, सरिता प्रसाईं, सदस्य रहनुभएको छ ।

तरुण दलको महाधिवेशनयता निर्देशन समितिको कुनै बैठक त परै जावस् छलफल समेत हुन नसकेको सदस्य यादवले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न भएको एक महिनापछि सहमतिमा चयन हुनुभएका पदाधिकारीको सपथ ग्रहण भएको थियो ।

कार्यसमितिले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भएको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले आफू र पदाधिकारी पनि थोरै भएकाले दैनिक कार्यक्रम तथा सङ्गठनका काम गर्न समस्या परेको गुनासो गर्नुभयो । महाधिवेशनपछि तरुण दलमा कार्यसमिति कुल ९५ सदस्यीय हुने र त्यसमध्ये १६ जना अध्यक्षले मनोनीत गर्ने प्रावधान बनाइएको छ ।

विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए । त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’गरेका थिए ।

राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुनपुगेको थियो । विसं २०५४ मा नेपालगन्जमा भएको काँग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसपछि तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसक्नुभएको छ ।

वि.सं.२०७३ माघ १३ बिहीवार ११:१७ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...