back

पूर्वविद्यार्थीले बनाए गुरुका लागि घर

वि.सं.२०७७ फागुन ५ बुधवार

123 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

५ फागुन, भरतपुर । चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक गुरु पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् । घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरुसँग रकम सङ्कलन गरेको थियो ।

स्वतस्फूर्तरुपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए । सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरु आवास’नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताए ।

घर निर्माणमा झण्डै रु २४ लाख खर्च भएको छ । चार लाख जिन्सीसहित रु २४ लाखमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताए । घरमा फर्निचरदेखि ‘वासिङ मेशिन’सम्म व्यवस्था गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वतीपूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताए । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन । कङ्काली माविअगाडि शिक्षक आफैँले थोरै जग्गा खरीद गरे पनि घर निर्माण गर्न सकेका थिएन् ।

सो घर मङ्गलबार सरस्वतीपूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमूना काम गरेको भन्दै प्रशंसा गरे । “शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ”, महानायक हमालले भने । शिक्षक कर्णले नयाँ घर पाउँदा खुशीको सीमा नरहेको प्रतिक्रिया दिए । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुशी व्यक्त गर्दै भने, “विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु ।”
रासस

वि.सं.२०७७ फागुन ५ बुधवार १२:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...