back
CTIZAN AD

उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि वर्षाको सम्भावना

वि.सं.२०७७ फागुन ६ बिहीवार

570 

shares

६ फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो ।

शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार तापक्रम बढ्दा स्थानीय वायुको प्रभाव बढ्ने र केही समयमै मौसममा फेरबदल आउँछ । महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित श्रणिक वर्षा हुन्छ ।

हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा छ । प्रदेश नं २, वाग्मतीलगायत देशका पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रदेश नं १ र २ लगायत देशका पहाडी भूभागमा शुक्रबार आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हलका हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव शून्य र अधिकतम तापक्रम २३ दशमलव ३ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियस छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १३:५१ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...