back
CTIZAN AD

सचिव सरुवा पुनः हेरफेर

वि.सं.२०७७ फागुन ६ बिहीवार

780 

shares

६ फागुन, काठमाडौँ । सचिव सरुवा पुनः हेरफेर गरिएको छ । गत साता दर्जन बढी सचिवको सरुवा गरेको सरकारले ६ सचिवको सरुवा हेरफेर गरेको हो । जसमा दुई जना सचिवलाई यथावत् राखिएको छ भने चार सचिवको सरुवा साटफेर भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत १६ जना सचिवको सरुवा गर्ने निर्णय गरे पनि केही सचिवहरूले असन्तुष्टि जनाउँदै चिठी नबुझेपछि सचिवहरूको सरुवा यथावत् र हेरफेर गरिएको हो ।

यी हुन् रद्ध गरिएका दुई सचिव

यसअघि सरुवा गरिएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएकोमा सो सरुवा रद्द गर्दै पाण्डेलाई भूमि व्यवस्था मन्त्रालयमा नै यथावत् राखिएको छ ।

यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याललाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएकोमा त्यसलाई पनि रद्ध गर्दै यथावत् राखिएको छ ।

हेरफेर गरिएका ४ सचिव

सार्वजनिक खरिद अनुगमन कार्यालयमा निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईँलाई पठाइएको छ । यसअघि गुरागाईँको उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएका सचिव गोपीनाथ मैनालीको  सरुवा रद्द गर्दै उपराष्ट्रपति कार्यालय पु¥याइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा गरिएको सरुवा प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराई लाई  वाणिज्यतर्फ सारिएको छ ।

वाणिज्य सचिवमा सरुवा भएका लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललाई मन्त्रालयको उद्योग सचिवमा सरुवा गरिएको छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १४:४० मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...