Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

शिव पौडेलका हत्यारालाई आम माफी



प्रजातन्त्र दिवसको दिन प्रजातन्त्रमाथी नै उपहास ! नेपाल तरुणदल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलका हत्याराहरुलाई आममाफी दिनुले मुलुकमा अझै पनि हत्या,हिंसा र अपराधले संरक्षण पाएको र दन्डहिनता मौलाएको अनुभुती गराउँदै छ।

प्रजातन्त्र दिवसको अबसरमा कारागार भरतपुरमा रहेका १३ जना कैदीले आममाफि पाएका छन् । जस मध्ये ३ जना शिव पौडेलको हत्यामा संलङ्न भई २० वर्ष कैद सजाय सुनाईए पनी, हाम्रो मुलुककी बर्तमान गौरवशाली राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसर पारेर ती अपराधी लाई आम माफी दिनु भएको छ। वि.सं. २०६८ पुसमा जिल्ला कारागार भरतपुर भित्र तत्कालिन तरुण दलको अध्यक्ष शिव पौडेलको हत्या भएको थियो । उनको हत्या गर्नेहरुमा फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसी संलग्न रहेका थिए ।

उनीहरुलाई सो मुद्धामा २० वर्ष कैद सजाय फैसला भएको थियो । तर, कारागार भित्रै हत्या जस्तो गम्भिर अपराध गर्नेलाई पनि कारागार विभागले आम माफीको सिफारिस गरेको पाइएको छ । उनीहरु ३ नै जना प्रजातन्त्र दिवसको अवसरमा हिजो रिहा भएको खबरले लाग्दै छ मुलुकमा जनताले प्रजातन्त्रको प्रत्याभूति गर्न पाउनु त के प्रजातन्त्रको खिल्ली उडाईएको छ।

पौडेलको हत्यामा समलग्नहरु तत्कालिन नेकपा एमाले निकट युवा संघका कार्यकर्ता रहेको त्यतिबेला नै सार्वजनिक भएको थियो। जति ठूला अपराध गर्यो त्यती नै उन्मुक्ती दिने बर्तमान सरकारको यस्तो कदमको घोर भर्त्सना गर्दछु। न्याय त पाएनौ तिम्रो आत्माले शान्ती पावोस् शिव भाई। जय नेपाल।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय