back
CTIZAN AD

क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंको संयोजकमा रामचन्द्र हुमागाईं

वि.सं.२०७३ माघ १५ शनिवार

804 

shares

शुक्रबार गरिएको एक भेलाले क्रान्तिकारी पत्रकार महासंघको काठमाडौं जिल्ला समिति गठन गरेको छ । भेलाले बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईंको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको जनाएको छ । भेलाले सचिवमा युवा पत्रकार विधुर ढकाललाई चयन गरेको छ भने सदस्यहरुमा जय दाहाल, भागवतनरसिंह प्रधान, दर्शन गदाल, प्रतीक सिंग्देल, गोपालदास श्रेष्ठ,  सानुकाजी महर्जन, बालकष्ण गैरे, रिदेन महर्जन, तिर्थमान महर्जन,
इन्द्रमान महर्जन, प्रकाश भण्डारी, युवराज अर्याल, श्याम कार्की, छत्रबहादुर रोकाया, सुमन खड्का, सागर श्रेष्ठ, हेमन्तजंग मोक्तान, विनिता गुरुङ, सरोज डंगोल चुनिएका छन् ।

हुमागाईं नेपालभूमि साप्ताहिकका प्रधान सम्पादक हुन् भने ढकाल हलकारो डटकमका सम्पादक र राजधानी दैनिकको अर्थराजनीतिक बिटमा कार्यरत छन् । भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा झिंगु स्वनिग दैनिकका प्रकाशक पवनमान श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, महासचिव केशरमणि कटुवाल, कार्यालय सदस्यत तथा नेवा राज्य संयाजक सचिरनन्द महर्जनको उपस्थिति रहेको थियो ।

भेला लगत्तै नवगठित समितिका संयोजक हुमागाईको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघको आसन्न जिल्ला महाधिवेशन र केन्द्रीय महाधिवेशनलाई लक्षित गरी आवश्यक कार्यक्रम बनाउने, महासंघमा तीन दलीय सिन्डिकेट र भर्तीकेन्द्रको कडा विरोध गर्ने र आवश्यक परे चरणबद्ध त्यसका विरुद्ध संघर्ष गर्ने, नेपाल पत्रकार महासंघमा गैरपत्रकार र निष्क्रिय पत्रकारहरुको सदस्यता खारेजी र श्रमजीवि पत्रकारहरुको पेशागत मुद्दाहरुलाई लिएर आन्दोलनको उठान गर्ने लगायतका निर्णय गरेको छ । बैठकले तीन दलीय पत्रकार संगठनले नेपाल पत्रकार महासंघलाई आफ्ना नेता कार्यकर्ताको भर्तीकेन्द्रको रुपमा बद्नाम गराएकोप्रति घोर भत्र्सना प्रस्ताव समेत पारित गरेको छ ।

वि.सं.२०७३ माघ १५ शनिवार ०४:४५ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...