back
CTIZAN AD

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

वि.सं.२०७३ माघ १५ शनिवार

963 

shares

१५ माघ, रत्ननगर(चितवन)  । चितवनको रत्ननगरस्थित सौराहामा गैँडाको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका– १९ स्थित जनकौली वनमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षीय लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।आज दिउँसो करिब १.३० बजे स्थानीय सामुदायिक वनभित्र गैँडाले उनलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीचौकी बछौलीका प्रहरी नायब निरीक्षक दुर्गा कुँवरले जानकारी दिनुभयो ।अहिले जङ्गलमा शवको मुचुलका उठाउन प्रहरी टोली जङ्गल पुगेको उहाँले बताउनुभयो । पाँच जनाको समूहमा घाँस काट्न गएका बेला उक्त घटना भएको र एकजना सामान्य घाइते भए पनि अरु सकुशल रहेको स्थानीयवासी शीरलाल परियारले जानकारी दिनुभयो ।चितवनको निकुञ्जस्थित मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति हुँदै आएको छ । अघिल्लो महिनामा पनि चितवनको माडी र सौराहामा हात्तीको आक्रणबाट दुई जनाको मृत्यु भएको थियो ।

वि.सं.२०७३ माघ १५ शनिवार १०:५६ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...