मलेशियाको शाह आलममा कृष्ण बादशाहको नेतृत्वमा सनिबार (२८ जनवरी) का दिन नेपाल प्रवासी मधेशी मंच, शाह आलम, मलेशियाकोे गठन गरीएको छ ।
दिनेश्वर प्रसाद यादवको सभापतित्व तथा अमित पाण्डेयको उदघोषणमा नेपाल सद्भावना पार्टी निकट प्रवासी मधेशीहरुको एक भेलाले समितिको उपाध्यक्षहरुमा राकेश कुमार यादव, दुर्गेश सिंह दनुवार एवं मनोज कुमार मण्डल, महासचिवमा दिनेश्वर प्रसाद यादव, सहमहासचिवमाहरुमा रामसहाय यादव, जनार्दन ठाकुर एवं सुर्यदेव रवीदास, कोषाध्यक्षमा दिपेश कुमार साह सोनार, सहकोषाध्यक्षमा विनोद कुमार साह हलुवाई, प्रवक्तामा धिरझलाई चयन गरेको छ ।
त्यस्तै कार्य समितिका सदस्यहरुमा दिपक दास, राधेश्याम साह, लक्ष्मी पासवान, ललन प्रसाद महतो, सन्तोष यादव, रामललित साह सोनार, मनोज कुमार यादव, उमेश यादव, जलेश्वर मण्डल, रविन्द्र राउत, धर्मेन्द्र यादव, अमरनाथ ठाकुर, छोटेलाल राउत, भवेश पण्डित, ललन मण्डल खत्वे, उमेश झा, रामकृपाल मण्डल, रवी जयसवाल, रामजीवन साह हलुवाई, लक्ष्मण मण्डल, रामसफल यादव, चन्द्रदीप कुमार राय, अजीत कुमार मण्डल, सन्तोष कुमार सोनार, दिपेन्द्र झा, अशोक यादव, राकेश साह तेली, सुधिर यादव, नितेश कुमार मिश्र, प्रेम साह, मुकेश महतो, विजय मिश्र, मनोज साह, छविलाल साह, उमेश झा र मनोज यादव लगायतका मंचका सदस्यहरु सर्वसम्मतिले चयन गरिएको हो ।

नेपाल प्रवासी मधेशी मंचको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष, नेपाल सरकारका पुर्व मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि अनिल कुमार झाले स्वर्गीय गजेन्द्र बाबुले देखाउनु भएको मार्गमा अगाडि बढ्दै एकिकृत नेपालभित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदायको पक्षमा सशक्त ढंगले उभिने तथ्य स्पष्ट गर्दै मधेशीहरु नेपाल भित्र नै आफ्ना अधिकार र भविष्य खोज्नु पर्ने पार्टीको धारणा रहेको प्रस्ट्याउनु भयो ।
झाले मधेशीहरु अधिकार सम्पन्न भए मात्र नेपाल भित्र शान्ति, विकास र समृद्धि हासिल हुने कुरा बताउँुदैं संविधान संशोधन गरी अन्य नेपाली नागरिकसरह मधेशीलाई सबै प्रकारले अधिकार सम्पन्न बनाएर मात्र सो कार्य सम्भव हुने पनि बताउनु भयो ।
संविधान संसोधन बिना हुने कुनै पनि निर्वाचनलाई हाम्रो समर्थन हुन नसक्ने भन्दै मलेशियामा रहेका प्रवासी मधेशीहरुको समस्याप्रति हामी संबेदनशिल रहेको र समस्या समाधानका लागी नेपाल सदभावना पार्टी र पार्टी निकट नेपाल प्रवासी मधेशी मंच, अन्र्तराष्ट्रिय समन्वय समितिले निकट भविष्य मैं आवश्यक पहल गर्ने समेत झाले बतानउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव राजीव झाले यस भन्दा पहिले नेपाल प्रवासी मधेशी मंच, कतार गठन भै सकेको र निकट भविष्य मै विश्वका दर्जनौं देशहरुमा यसका शाखाहरु खुल्ने जानकारी गराउनु भयो । देशको दोश्रो पुरानो, मधेशवादको पछिल्लो ३ दशकाको अभियन्ता रहेको सबभन्दा जेठो पार्टी, नेपाल सद्भावना पाटीलाई मधेशको सबभन्दा ठुलो पार्टी बनाउने हाम्रो अभियान जारी रहेको तथ्य वहाँले खुलाउनु भयो ।
पार्टीका प्रवक्ता तथा व्यवस्थापिका–संसदका सदस्य मा.डा. डिम्पल झाले मलेशिया सहित विदेशमा रहेर श्रम गरीरहेका मधेशी लगायतका अन्य सबै नेपालीले उक्त देशमा भोगीरहेको पीडा र समस्याका बारेमा संसदमा कुरा उठाउने बचनबद्धता व्यक्त गर्दै प्रवासी मधेशीको परिवारले झेलीरहेको मानविय, राजनीतिक, सामाजिक र पारिवारिक समस्या प्रति सदैब गम्भिर रहदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
स्मरण रहोस यसभन्दा मंचले २७ जनवरीका दिन मलेशियाको जोहरबारु क्षेत्रमा रोहित पासवानको अध्यक्षतामा २१ सदस्यिय नेपाल प्रवासी मधेशी मंच, जोहरबारुको गठन कार्य सम्पन्न भएको थियो भने २९ जनवरीका दिन क्वालालम्पुर क्षेत्रको यस्तै समितिको गठन कार्य केएलसीसी कम्प्लेक्स, क्वालालम्पुरमा आयोजना हुने कार्यक्रम रहेको पनि नेपाल प्रवासी मधेशी मंच, शाह आलम, मलेशियाका प्रवक्ता धिरज झाले जनाउनु भएको छ ।
वि.सं.२०७३ माघ १५ शनिवार १२:२४ मा प्रकाशित


























