१७ फागुन, काठमाडौं । प्रतिनिधिसाको अधिबेशन फागुन २३ गतेका लागि बोलाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिबेशन बोलाइएको हो । अधिबेशनका लागि सचिवालयले पूर्ण तयारी गरिसकेको समेत बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते राष्ट्रपति भण्डारीद्धारा गरिएको संसद विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गर्दै १३ दिनभित्र अधिबेशन बोलाउन आदेश दिएको थियो । सर्वोच्चको सोहि आदेश अनु्सार फागुन २३ गतेका लागि बैठकको आव्हान गरिएको हो ।
वि.सं.२०७७ फागुन १७ सोमवार १३:५० मा प्रकाशित