
आज तिम्रो नयाँ, जात मिल्ने भयो।
भन्नु पर्दा सबै, रात मिल्ने भयो ।
यो खुसीको कुरा, साँट्न दिन्छौ तिमी
मस्त माया सधैं, बात मिल्ने भयो ।।
सक्त होला क्रिडा, मन्जुरी नै मिले
त्यो हियामा हिया, हात मिल्ने भयो ।।
को नहोला खुसी, पोख्त मान्छे दिए
सोच्न थाले यहाँ, मात मिल्ने भयो ।।
सम्झनामा तिमी, मात्र पुग्छौ सधैं
त्यो खुसीको मिठो,खात मिल्ने भयो ।।