Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः सद्गुणहरू



जुनी यो मान्छेको पलपल गरी बित्दछ भनी
सुनेका जानेका तर पनि अझै पागल बनी
कुदेका दौडेका अबुझ कसरी दानव जसै
कहाली लाग्ने यो असुर कपटी मानव अझै ।१।

नबुझ्दा मान्छेले कुलत लतमा जीवन प¥यो
नचिन्दा अज्ञानी जनक जननी नोकर भन्यो
नबुझ्दा मान्छेले गलत जनको नक्कल गरी
सतायो बानीले असुर गणको मालिक बनी ।२।

अचाक्ली अज्ञानी असल मनुवा राक्षस बन्यो
बुझाऊँ सम्झाऊँ मनुज कपटी लोफर बन्यो
हटाऊँ मान्छेका छल कपट ती दुर्गुण भनी
हिँडेका ज्ञानीले छलफल ठुलो चिन्तन गरी ।३।

सिकौँला हामीले असल गुरुका सद्गुणहरू
बुझौँला जानौँला छल र बलका दुर्गुणहरू
गरौँला शुध्दात्मा मनसँग स्वयं भाषण पनि
उखेली फालौँला विरह बिरुवा आदत सबै ।४।

प्रलोभी बन्दैनौँ सकल मनुवा मास्दछु भनी
प्रमिला राख्दैनौँ असल जननी पालक भनी
पुजौँला मानौँला असल गुरुका आदत अनि
जपौँला मालामा पलपल सबै शिक्षण पनि ।५

छन्दः शिखरिणीश्र

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा