-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक



१.
जिन्दगीमा को को जोडिन्छन् थाहै हुदैन
अनि फेरि को को छोडिन्छन् थाहै हुदैन
गुन बिर्सी बैगुन फिजाउँने रहुन्जेल वरपर,
कति सम्बन्ध छिनमै तोडिन्छन् थाहै हुदैन ।
२.
सम्पति हुनेकै जहाँ पनि लर्को हुँदो रहेछ
नहुने चाँहि घाटको न घरको हुँदो रहेछ
म पनि बाँचेको छु देखाउन त खोज्यो
महँगीमा टिकी राख्न चर्को हुँदो रहेछ ।
३.
पहिलेको हविगतलाई पनि मान्नै पर्छ
अहिलेको बचतलाई पनि मान्नै पर्छ
सून्यबाट कति चाँडै दरवार नै बनायौ,
वाह तिम्रो ल्याकत लाई पनि मान्नै पर्छ ।
४.
सदा सर्बदा खुशी भई नाचेको हेर्ने मन छ
मलाई मात्रै चोखो माया साँचेको हेर्ने मन छ
दिने भए भगवानले एउटै मात्र गर्छु कामना
जीवन भरी सँगसँगै बाँचेको हेर्ने मन छ ।
५.
प्रेममा नपर्नेहरू जहिल्यै इज्जतका कुरा गर्छन् ।
प्रेम गर्नेहरू भूत, वर्तमान, बिगतका कुरा गर्छन्
जस्तो मान्छे उस्तै खालको सोचाई भएरै होला
प्रेम बिग्रिनेहरू दिलभित्रको खतका कुरा गर्छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा