
विना दोष काँडा लगायौ किन
मलाई पराई * बनायौ किन
म बिर्सिन्न माया भनेकी थियौ
गई दूर बस्ती** बसायौ किन
बनेको छु विह्वल सधैँ सम्झिँदै
थियो प्रेम गाढा टुटायौ किन
प्रसस्तै सफलता मिलेकै थियो
सफल बन्न नाता जुदायौ किन
खुशी दिन्छु भन्दै लियौ सम्पति
विना अर्थ दूरी * बढायौ किन
बहर-मुतकारिब मुसम्मन महजुफ