-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

आज काठमाण्डौसहित अन्य पाँच जिल्लामा बत्ती जाने



२२ फागुन, काठमाडौं । आज काठमाण्डौ उपत्यका केही स्थान सहित उपत्यका बाहिरका मुख्य सहरमा फिडर लाइन सटडाउन गरिने भएको छ ।

काठमाण्डौको बाँसबारी फिडरअन्तर्गत पर्ने कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्न आज दिउँसो २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज, कपनमार्ग, पिपलबोट, गंगालाल हस्पिटललगायतका क्षेत्रमा बत्ती जाने भएको छ ।

ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैँसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खोकना फिडरअन्तर्गत पर्ने चुनिखेल क्षेत्रमा पनि पोल सारिने भएको छ ।

त्यसै गरि भरतपुर महानगरका केही ठाउँ र विराटनगर महानगरको वडा २, ३, ४, ८ र ९ मा बत्ती जाने भएको छ । गण्डकी प्रदेशका पाँच वटा जिल्लामा आज तीन घण्टा बिजुली नआउने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं