
२२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।।
ओली समूहको आजको बैठकले प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने बताइएको छ । बैठकमा प्रचण्ड–माधव समूहका सांसदहरुलाई पनि एसएमएस पठाएर बैठकमा सहभागी हुन जानकारी गराइएको छ ।
यस्तै, शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ ।