Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

चलचित्र ‘कृष्ण–लीला’ को ‘डियर बन्न मन छ’ सार्वजनीक (भिडियो)



काठमाडौं । फिल्म ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई।’ शुक्रबार सार्वजनीक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ र नवीन रेग्मी जमेर नाचेका छन् ।

नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन । दीपक ओली निर्देशीत फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीत सार्वजनीक गरिएको थियो । सो गीतले एघार लाख बढी भ्यु पाइसकेको छ ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो । नयाँ बर्ष ०७८ को अबसर पारेर प्रदर्शन गर्न लागीएको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिब ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भनेश्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्र,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको बितरक पनि आरआर फिल्मस्नै हो । फिल्म
चैत्र २७ मा प्रदर्शन हुँदैछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा