२२ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर नोलाइटमा कार्यरत सुपरभाइजर जगत नारायण साहसमेत ४ जना उपर मुद्दा दायर गरिएको छ ।
नोलाइट धनुषामा कार्यरत सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन येम कुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवल किशोर राउत र मनोहर कुमार महतोले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजहरुलाई ५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा निजहरुले उक्त कार्य गरेको पुष्टि हुन आएको हुँदा निज आरोपितहरुले भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।