Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

विवाह अघि यी अभिनेतासँग प्रेममा थिइन् प्रियंका



काठमाडौं । बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् । उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् ।

उनको निक जोनाससँग पहिलो प्रेम भने होइन । बलिउड आउनुअघि र पछि उनका थुप्रै प्रेम सम्बन्धले चर्चा पाएको छ ।

प्रियंकाको पहिलो प्रेम असीम मर्चेन्टसँग बसेको थियो । उनले बलिउडमा आउनुअघि असीमसँग प्रेम गाँसेकी थिइन् । तर, विस्तारै फिल्ममा चर्चा पाउन थालेपछि उनीहरुको सम्बन्धमा पूर्णविराम लाग्यो ।

असीमसँग सम्बन्ध टुटेकी प्रियंकाको अक्षय कुमारसँग नाम जोडियो । एकसाथ फिल्ममा देखिन थालेपछि उनीहरुको प्रेमको चर्चा निकै चल्यो । उनीहरु निकै नजिक भए । जसको परिणामस्वरुप निकै बोल्ड फोटोशुट समेत गराएका थिए ।

तर, उनीहरुको प्रेमको बीचमा अक्षयकी श्रीमती ट्विङ्कल खन्ना आइन् । उनले प्रियंकाको साथमा फिल्म खेल्न समेत बन्देज लगाइन् । त्यसपछि अक्षयले प्रियंकासँग दुरी कायम गरे ।त्यसपछि, प्रियंकाको पुनः हरमन बावेजासँग नाम जोडियो । उनीहरुले एकसाथ फिल्म समेत खेले तर फिल्म फ्लप भयो ।

यसका साथै, प्रियंकाको नाम शाहरुख खान, जेरार्ड बटलर र शाहिद कपूरसँग पनि जोडियो । तर, यी अभिनेताहरुसँग उनको अफेयर चलेको हल्ला मात्रै हो वा वास्तवमै सम्बन्धमा रहेका थिए त्यो भने कसैले खुलेर बताएनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा