Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नायिका रीमा विश्वकर्मा भन्छिन्– मेरो लागि बिहे अपरिहार्य होइन



काठमाडौँ – मोडलभन्दा उद्घोषकको रुपमा दर्शकमाझ चर्चा कमाउन सफल नायिकाको नाम हो रीमा विश्वकर्मा । रियालिटी शो ‘नेपाल आइडल र कमेडी च्याम्पियन’ पछि रीमा लाई अभिनेत्री वा मोडलभन्दा उद्घोषकको रुपमा चिन्ने दर्शक धेरै छन् ।

एक दशक अगाडि फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले आजसम्म फिल्मबाट हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । जुन सफलताको सुख उनलाई ‘नेपाल आइडल र कमेडी च्याम्पियन’ ले उद्घोषकको रुपमा दियो ।

पछिल्लो पटक अभिनेता भुवन केसीसँग फिल्म ‘मिस्टर नेपाली’ मा काम गरेकी उनी चाँडै आफ्नै समुह (विशाल भण्डारी र केकी अधिकारी) ले निर्माण गरेको ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजनमा उद्घोषकको रुपमा देखिँदैछिन् । युवापुस्ताको एउटा समुह उनलाई हेर्नकै लागि पनि टिभी अगाडि बस्ने गरेको छ । जबकि, फिल्मबाट उनले यसप्रकारको क्रेज बनाउन सकेकी थिइनन् ।

जब उनलाई करिअरमा सफलता मिल्दै थियो, तब उनले एउटा कठिन समयको सामना गर्नुर्पयो । २०७२ सालमा उनले रोवर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, उनीहरुको विवाह दुई वर्षमा नै टुट्यो । यसपछि विवाहको विषयमा मौन रहँदै आएकी रीमाले अब बिहेको कुरा गर्ने बेला भइसकेको बताएकी छन् । तर, विवाह आफ्ना लागि अपरिहार्य नरहेको उनको भनाई छ ।

बुधवार राजधानीमा आयोजित ‘कमेडी च्याम्पियन २’ को घोषणा कार्यक्रममा ‘बिहे कहिले गर्ने’ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘जब मलाई बिहे गर्नुपर्छ भन्ने लाग्छ तब गर्छु । तर, मैले एकचोटी बिहे गरेर थाहा पाइसकेँ । अब मेरो लागि विवाह अपरिहार्य होइन ।’ उनले केकी र विशालसँग आफ्नो व्यक्तिगत र व्यवसायिक दुवै रुपमा अर्थपूर्ण सम्बन्ध रहेको बताएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा