
२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई छिट्टै आफ्नो समूहमा स्वागत गर्ने प्रतिक्षामा रहेको बताएका छन् ।
शनिबार पेरिस डाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अन्ततगोत्वा विप्लव आफुले कोरेकै बाटोमा आइपुगेको बताए ।
‘मैले जहाँ सम्म उहाँलाई जानेको छु । अन्नत उहाँ यहि ठाउँमा यहि लाइनमा यहि टिममा उहाँ आउनै पर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले धेरै पहिले भनेको थिए, जतिबेला उहाँ म बाट अलग्गिनु भयो, एउटा दिन आउनेछ जुनदिन तपाई यहाँ हुनुहुनेछ भनेको थिए ।’
अध्यक्ष प्रचण्डले आफूले अर्को प्रचण्ड अहिले हुँदैन एउटै मात्र प्रचण्ड हुने र एउटै कालखण्डमा दुईवटा पात्र एकैपटक नहुने भन्दै आएको बताउँदै अन्तत विप्लव प्रचण्डकै बाटोमा आएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिलेको आधिकारीक, बैज्ञानिक र शक्तिसाली पार्टी रहेको र यसको केन्द्रीय समितिको संख्या, संसदीय दलको अवस्था तथा देशभरी भएको जनआन्दोलन, विरोध प्रदर्शन र सभाको प्रकतिले पनि यो मुलधार हो भन्ने सावित भइसकेको बताए ।