
२२ फागुन, काठमाडौं । लामो समयदेखि प्रतिक्षित मेलाम्ची खानेपानी सुन्दरीजल आइपुगेको छ ।
फागुन १० गते सुरुङमा हालिएको पानि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बटम थिचेपछि सुन्दरी जलमा खसालिएको हो ।
मेलाम्ची खानेपानी आयोजनाका अधिकारीहरुका अनुसार २७ किलोमिटर हुँदै आज सुन्दरीजलमा खसालिएको पानी फोहर आउने हुनाले बागमतिमा खसालिएको हो ।
मेलाम्ची खानेपानी विकास समितिका अनुसार अब दैनिक १७ करोड लिटर पानी काठमाण्डौं आउने छ ।
लामो समयदेखिको काठमाडौंबासीको सपना पूरा भएको र केही दिनमै काठमाडौंवासीको घर–घरमा पानी आउने भन्दै प्रधानमन्त्रीले सिन्धुपाल्चोकवासीलाई धन्यवाद दिएका थिए ।
लामो समयको प्रतिक्षापछि मेलाम्चीको पानी काठमाडौंमा आएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गर्दै भने, ‘ यो खुसीको दिन हो । जतिबेला पायो त्यतिबेलै लड्डु खाने होइन यस्तोबेलामा खाने हो ।’