Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ, भोलिको प्रतिनिधिसभा बैठकको कार्यसूची



२२ फागुन, काठमाडौं । भोलि आइतबार प्रतिनिधिसभा पुनस्र्थापना पछिको पहिलो बैठक तथा सातौँ अधिवेशन बस्दै छ ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले दिएको अनुसार भोलिको अधिवेशन दिनको ४ बजे बस्ने कार्यक्रम छ । अधिवेशनको सुरुवातमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।

सभामुखले प्रतिनिधिसभा नियमावली अनुसार अध्यता गर्ने सबै सदस्यहरुको मनोनयन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्त्रन्धी –पहिलो संसोधन) अध्यादेश २०७७ पेश गर्ने लगायतका कार्यक्रम छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताका विषय उत्कर्षमा पुगिरहेको बेला र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरेको अवस्थामा हुन लागेको अधिवेशनलाई निकै चासोका रुपमा हेरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला