२३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सातौ अधिबेशन आज -आइतबार) देखि सुरु हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा पुस ५ गते प्रतिनिधिसभाको विघटन गरेपछि त्यसलाई असंबैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते १३ दिनभित्र संसदको अधिबेशन बोलाउन आदेश दिएपछि पुर्नस्थापित प्रतिनिधिसभाको हिउँदे अधिबेशन आजदेखि सुरु हुन लागेको हो ।
नेकपाभित्र केपी शर्मा ओली समूह र प्रचण्ड–माधव समूह भएर पार्टी विभाजन भइसकेको अवस्था रदुवै पक्षले आ–आफ्नो संसदी दलको नेता तथा प्रमुख सचेतक समेत घोषणा गरिसकेका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदम असंबैधानिक ठहर गर्दै आज अपरान्ह ४ बजेका लागि बोलाईएको प्रतिनिधिसभाको बैठकलाई विशेषरुपले हेरिएको छ ।
यी हुन् आजको अधिबेशनका सम्भावित कार्यक्रमहरु