Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

निफ्रा तेस्रो वर्षमा पाईला टेक्दै , यस्तो गर्यो प्रतिवद्धता



२३ फागुन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) दोश्रो वर्ष पूरा गरी स्थापनाको तेस्रो वर्षमा प्रवेश भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड मुलुकको पूर्वाधार विकासलाई थप गति प्रदान गर्ने मुख्य उद्देश्य लिई राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको थियो । बैंकले २०७५ साल माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने ईजाजतपत्र प्राप्त गरी २०७५ फाल्गुन २२ गतेबाट विधिवत् रुपमा वित्तीय कारोबार शुरु गरेको थियो ।

तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा बैंकले बैंकलाई निरन्तर विश्वास गर्ने शेयरधनीहरू, कुशल मार्ग निर्देशन प्रदान गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति लगायत सम्पूर्ण नियमनकारी निकायहरू, ग्राहकहरू, सञ्चारकर्मी एवं शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरेको छ ।

यसका साथै, बैंकले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै बैंकको उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना यस्तो छ :

60438f4422879.jpg


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा