-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

अन्तिम टि-२० मा जित निकाल्दैँ न्यूजिल्याण्डले जित्यो अष्ट्रेलिया विरुद्धको श्रृखला, अन्तिम खेलमा गप्टिलको विस्फोटक ब्याटिङ्ग



२३ फागुन, काठमाडौँ । न्यूजिल्याण्ड र अष्ट्रेलिया बिचको पाँचौ तथा अन्तिम टि-२० न्यूजिल्याण्डले ७ विकेटले जित निकाल्दैँ श्रृखला आफ्नो नाममा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा म्याथ्यू वेडले सर्वाधिक ४४ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा इर्श सोधीले सर्वाधिक ३ विकेट लिएका थिए ।

अष्ट्रेलियाले दिएको १४९ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १५.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले ४६ बलमा ७१ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी ग्लेन फिलिप्सले १६ बलमा ३४ रनको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । अष्ट्रेलियाका लालि बलिङ्गमा रिले मेरीडिथले २ विकट हात पारेका थिए ।

जितसँगै न्यूजिल्याण्डले ५ खेलको टि-२० श्रृखला ३-२ ले आफ्नो नाममा गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको