back

सुदूरपश्चिम सेवा समाज बहराइन गठन

वि.सं.२०७३ माघ १६ आइतवार

1.2K 

shares

baha

मान बहादुर के.सी.‘मुस्कान’ यूएई । बैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत सुदूरपश्चिमवासीहरुले सुदूरपश्चिम सेवा समाज बहराइन गठन गरेका छन् । बहराइनमा रहेका नेपालीहरुलाई आई पर्ने समस्या र नेपालमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्ने मुख्य उद्देश्यका साथ बहराइनको मनामा शुक्रबारका दिन बसेको बैठकले उमेश जोशीको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा पदम खड्का दित्तिय उपाध्यक्षमा गीता नेपाली महासचिब दीपेन्द्र चन्द र कोषाध्यक्ष भान सिंह ठगुन्ना रहनु भएको छ ।
सदस्यमा पदम ओखडा (बाजुरा ) मान बहादुर सुनार (कञ्चनपुर ),वीर सिंह उडाल (दार्चु्ला), पुरुशोतम भट्ट (कञ्चनपुर ),दीपेन्द्र चन्द (दार्चु्ला ),रमेस ठगुन्ना ( बैतडी ),ईन्द्र बिष्ट (कञ्चनपुर ),बिक्रम चन्द (दार्चु्ला ) मान बहादुर चन्द (बैतडी) चयन भएका छन् ।
नवगठित समाजका अध्यक्ष जोशीले छिट्टै बहराइनमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई समाजमा जुड्नु अनुरोध गर्नु भएको छ, भने बहराइनको हरेक प्रान्तमा कार्यरत सुदूरपश्चिमवासीहरुलाई एकताको सुत्रमा बाध्ने उक्त महान अभियानमा कोहि पनि छुट्न नहुने नवगठित समाजका प्रथम उपाध्यक्ष पदम खड्काले बताउनु भयो ।

वि.सं.२०७३ माघ १६ आइतवार ०८:०३ मा प्रकाशित

Himalayan Life AD
एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...