
२३ फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले एक अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो् ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये बैंकले (५%सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि निष्काशन गरिनेछ साथै, १८ लाख लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० अर्ब रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
बैंकले ८ वर्ष अवधिको लागि‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाम गरेको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले यस ऋणपत्रमा चैत २ गतेदेखि छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसैगरि बैंक ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।