back

बोस्टनमा पनि मनाइयो सोनाम ल्होछार (तस्बिरसहित)

वि.सं.२०७३ माघ १६ आइतवार

681 

shares

bostanphoto बोस्टन । तामाङ्ग समुदायको महान पर्व सोनाम ल्होछार संसारभरी रहेका तामाङ्ग समुदायले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

यसैबीच अमेरिकाको वोस्टन राज्यमा रहेका तामाङ्ग समुदायले पनि पनि परम्परा अनुसार आफ्नो सांस्कृति पर्व “२८५३ औं सोनाम ल्होछार” बडो उत्साह र खुसीका साथ मनाएका छन् ।

करिब ५० परिवारको बसोबास रहेको अनुमान गरिएको वोस्टन राज्यमा यसरी सोनाम ल्होछार मनाउन पाउँदा यहाँका तामाङ्ग समुदाय अत्यन्तै खुसी भएका छन् ।
कार्यक्रममा जति पनि उपस्थित हुनु भएको थियो सबैजनाले अर्कोवर्ष यो भन्दा भव्यरुपमा मनाउने भन्दै एकअर्कामा शुभकामना आदान–प्रदान गर्दै खुसी व्यक्त गरेका छन् ।

boston2

विशेष गरी यो पर्व आपसी सद्भावका लागि एकअर्कामा शुभकामना आदान प्रदान गर्ने र खुसी साटासाट गरेर विदेशमा पनि आफ्नो संस्कृति र परम्परा कायम राख्ने उद्धेश्यले आयोजना गरिएको ल्होछार पर्व तामाङ्ग समुदायको मात्र नभएर नेपाल र नेपालीकै राष्ट्रिय पर्व भएको बताएका छन् ।

boston3

कार्यक्रमलाई विशेष रुपले अगाडि बढाउँदै मानिक लामाले यस पाली विषेश कारणवस यहाँ रहनु भएका अन्य समुदायलाई समेट्न नसकेकोमा दुःख मनाउँ गर्दै अर्को वर्ष सबैलाई समेटेर भव्यरुपमा सोनाम ल्होसार मनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

boston4

मञ्जुश्री पात्रो अनुसार  शनिबार (माघ १५) देखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको  छ ।

वि.सं.२०७३ माघ १६ आइतवार ०८:२१ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...